नेपाल र भुटान भारतको भू–भाग हो : अमेरिकी राष्ट्रपति ट्रम्प



२१ माघ २०७५, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भू–भाग भनी विवादास्पत अभिव्यक्ति दिएका छन् ।

अमेरिकाको चर्चित म्यागेजिन ’टाइम’ का अनुसार गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले यस्तो अभिव्यक्ति दिएका छन् ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दूरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनु परेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै बताईएको छ ।

’टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा ट्रंपलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ ।

यि सबै घटनापछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए । जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो । त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने,’ भुटान पनि स्वतन्त्र देश हो ।’

प्रतिक्रिया दिनुहोस्