
२० माघ २०७५, सुनसरी
इटहरीलाई पूर्वमा नै अत्यधिक छिटो जनसङ्ख्या वृद्धि भएको सहरका रूपमा लिने गरिन्छ । तत्कालीन माओवादीले सशस्त्र युद्धलाई चरम अवस्थामा प¥याएको बेला पहाडी क्षेत्रबाट इटहरीमा मानिसको ओइरो लाग्दा एउटा बस्तीको रूपमा रहेको इटहरी सहर बन्न पुग्यो । बिस्तारै पूर्वकै व्यापारिक केन्द्र बन्दै गमिरहेको इटहरीको समस्या हो, सडक र त्यसको व्यवस्थापन । सडक सुशासन ब्यपस्थापनको जिम्मा पाएका स्थानीय तह देखी ट्राफिक प्रहरीसम्मको ब्यवास्तामा पर्दा अत्यधिक सवारी चाप हुने इटहरीको मुख्य चौकमा नै जेब्रा क्रस धमिलिएको महिनौँ बित्दा समेत नबनेपछि स्थानीय विद्यार्थी र सामाजिक संस्था त्यकिो निमार्णमा जुटेका छन् ।
इटहरीमा रहेर समाज कार्य बिषउको शिक्षा दिइरहेको इटहरी नमुना कलेज र इटहरीमा सक्रिय रहेका लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, ह्याविटेट फर ह्युमानिटिज नेपाल, लियो क्लब लफ इटहरीको सक्रियतामा जेब्रा क्रस वनेको हो । नेपालले हाल अवल्मवन गरेको दिगो विकासको अवधारणाको ११ नम्बर बुँदा दिगो सहर र सहरी संरचनालाई बाास्तबीक बनाउन कार्यक्रम गरिएको इटहरी नमुना कलेजका प्राध्यापक नितेस गौतमले बताए । ‘यसमा सडक विभागको कुनै सक्रियता छैन । उनले भने, हामीले सडक विभागलाई दबाब दिन पनि यस्तो कार्यक्रम गरेका हौ । इटहरी सहरलाई मात्र नभई सम्पूर्ण स्थानमा सरकारको ध्यानाकर्षण जान जरुरी छ ।’
जेब्राकारको निमार्णले सडक दुर्घटनामा पैदल यात्रु पर्ने सम्भावनालाई घटाउने आयोजकको दाबी छ । सडकमा जेब्राक्रसका रूपमा पोतिने रङ्ग छोटो समयमा नै मेटिने र जेब्रा क्रस बनाउने टिकाउले लामो समयसम्म चासो नदिने प्रवृत्ति इटहरीमा हाबी हुँदै जाँदा सडक व्यवस्थापनमा समस्या हुने गरेको छ ।
दुर्घटना न्युुनिकरणमा सबै सतर्क रहनुपर्छ : ट्राफिक प्रहरी
यता ट्राफिक प्रहरीले दुर्घटना न्युुनिकरणमा भने आम सर्वसाधारण सबै सतर्क हुनुपर्ने बताएको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईँले ट्राफिकले मात्र सवारी दुर्घटनाको न्युनिकरण रोक्न नसक्ने बताए ।
‘जेब्रा क्रस सडक विभागले गर्नुपर्ने हो । तर विभागले आफ्नो काम गरेन । हामीले सङ्घ संस्थासँग मिलेर काम गरेका छौ ।’ प्रदेश नं १ मा सवारी अनुसार ट्राफिक प्रहरी अभाव भए पनि ट्राफिकले दैनिक सवारी सचेतनामूलक कार्यक्रम गरेको उनको भनाई छ ।
जेब्रा क्रस बनाएर मात्र दुर्घटना रोकिँदैन
यता सडकमा जेब्राक्रसले मात्र दुर्घटना न्युनिकरण हुन नसक्ने लियो क्लब इटहरीकी अध्यक्ष स्वस्तिका श्रेष्ठले बताएकी छिन । सडकमा धेरैजसो सवारीसाधन लेनै जेब्राक्रसकाको ख्याल नगरी कुदाउने भएकाले दुर्घटना कम हुन नसक्ने उनको तर्क छ ।
उनले ट्राफिक प्रहरीले सवारी चालकलाई सचेतना सम्बन्धी कार्यक्रम गर्नुपर्ने बताइन । सडकमा जेब्रा क्रस भए पनि सवारी चालकले त्यसमा ध्यान दिँदैनन् । यसरी जेब्राक्रसमा समेत पैदल यात्रीलाई नगन्ने सवारी चालकलाई ट्राफिक प्रहरीले समेत करबाहि गर्न सकेको छैन ।





