रिन्पोछे भु–पति बज्रलाई लगाईएको आरोप, आरोप मात्रै, आयो प्रमाणसहितको स्पष्टोक्ति (विज्ञप्ती सहित)



२० माघ २०७५, काठमाडौं

विश्व सम्पदामा सूचीमा सूचीकृत नेपालको सम्पत्ति तथा विश्वको चासोको विषय ‘बौद्धनाथ स्तुपा’ को विषय अहिले विभिन्न सामाजिक संजालमा भाईरल भईरहेका छन् ।

सामाजिक संजालमा विभिन्न टिका टिप्पणीहरु भईरहँदा हिजो बौद्धमा एक पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

‘बौद्ध तथा मेलम्ची ध्याङ गुठी’ ले गरेको पत्रकार सम्मेलनमा रिन्पोछे भु–पति बज्र लामा नक्कली नभई, एक सच्चा अवतारी लामा हुन् भनी प्रमाणित गरिएको छ ।

विशेषतः बौद्धमा एक चिनियाँ लामा रिन्पोछे भु–पति बज्र लामाले बौद्धलाई एकलौटी ढंगबाट संचालन गर्न खोजेको कुराहरु बाहिर आईरहँदा सम्मेलनले भने यो सबै झुट भएको कुरा प्रमाणसहित देखाएको छ ।

गत १७ माघमा ‘बौद्ध क्षेत्र विकास समिति’ ले पनि बौद्धनाथलाई एकलौटी ढंगबाट चलाउन खोजेको, स्तुपामा विभिन्न प्वालहरु पारी बत्ति हालेको भनी आरोप लगाउँदै पत्रकार सम्मलेन गरेको थियो ।

विज्ञप्ती हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्