
२० माघ २०७५, काठमाडौं
नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने दूरदृष्टि राखेको राष्ट्रिय युवा परिषदले आकर्षक लेआउटमा नयाँ वेवसाईट डब्लु डब्लु डब्लु डट एनवाईसी डट जीओभी डट यानपी लन्च गरेको छ।
त्रिपुरेश्वरमा भाडाको घरबाट शुरु भएको राष्ट्रीय युवा परिषद अहिले भक्तपुरमा सरकारी भवनमा संचालित छ। आफ्नै कार्यालय भवन सहित संचालित परिषदले अहिले नेपाली र अंग्रेजी भाषामा आकर्षक लेआउट सहित विभिन्न जानकारी समेटिएको नयाँ वेवसाईट संचालनमा ल्याएको छ। यद्दपी समाचार तयार पार्दा सम्म आकर्षक वेवसाईटमा परिषदले संचालन गर्दै आएका सामाजिक संजालका लिंकहरु जोडिएका छैनन् ।
युवा तथा खेलकूद मन्त्रालयको मातहतमा रहेको परिषदको सम्पूर्ण कार्यकारी भूमिका कार्यकारी उपाध्यक्षको रुपमा पूर्व अनेरास्ववियुका अध्यक्ष तथा युवा नेता माधव ढुंगेलले स्थापना कालदेखि निर्वाह गर्दै आएका छन् ।





