
१९ माघ २०७५, काठमाडौं
हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०७५ माघ १६ गते बुधबार “सँगै उत्कृष्टता हासिल गरौं” भन्ने मृ्ल नाराका साथ सुरु भएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०१९ यहि माघ १८ गते शुक्रबार सम्पन्न भएको छ ।

हरेक वर्ष सहिद दिवसको अवसर पारेर आयोजना गरिँदै आएको कार्यक्रमको तेस्रो दिन रोड रेस, लङ्ग जम्प, हाइ जम्प, बुद्धिचाल लगायत बाँकी सम्पृ्र्ण स्पर्धाका खेलहरु सम्पन्न भएका छन् । शुक्रबार बिहान ७ : ३० बजे नेसनल युनाइटेड स्कुलबाट सुरु भई बृ्ढानीलकण्ठ नगरपालिका वडा नं. २ को विभिन्न सडकमा भएको २.५ कि.मी. रोड रेसमा सिनियर ब्वाइजतर्फ धुर्व वि.क. प्रथम, धिरज घले द्वितीय तथा मनिल दुरा तृतीय हुँदा गल्र्सतर्फ सुमिना नगरकोटी प्रथम, रबिना कार्की द्वितीय तथा चन्द्रकला कार्की तृतीय हुन सफल भए । त्यसैगरी जुनियर ब्वाइजतर्फ जोनिस श्रेष्ठ प्रथम, कुसल राज गिरी द्वितीय तथा आभाष बोहोरा तृतीय भए भने जुनियर गल्र्सतर्फ तारा वि.क. प्रथम, कृतिमा बेडारी द्वितीय र प्रगती राई तृतीय हुन सफल भए ।

रोड रेस प्रतियोगितामा बृ्ढानीलकण्ठ प्रहरी प्रभागबाट खटिएका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गरेका थिए भने नेसनल युनाइटेड स्कुलको स्वास्थ्य क्षेत्रमा लागेका भृ्तपर्व विद्यार्थीहरुको टिमले आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको थियो । कार्यक्रमको समापनको क्रममा शिक्षकहरुबिच बास्केटबल प्रतियोगिता गरिएको थियो भने विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ ।






