चिनियाँ गुरु भू–पति हटाउन बौद्धमा आन्दोलन



१८ माघ २०७५, काठमाडौं

‘बौद्ध मेलम्ची घ्याङ्ग गुठी’ का चिनियाँ लामा गुरु भू–पति बज्र हटाउन २२ नागरिक संस्था सहित बौद्धबासी आन्दोलनमा उत्रिएका छन् । चिनियाँ लामा ‘श्वा’ घोसित गुरु रिम्बोचेको अवतारी भएको बताईएको छ ।

‘विश्व सम्पदामा सूचि’ मा सूचीकृत बौद्धमा चिनियाँ लामाले आफुखुशी बौद्ध स्तुपा प्वाल पारि बत्ति हालेको तथा बौद्ध स्तुपालाई नीजि ढंगबाट चलाउन खोजेको उनीहरुको आरोप छ ।

स्तुपाको संरक्षण्का लागि ‘स्तुपा जोगाऔं सर्घषं समिति’ गठन गरि स्थानीयहरु आन्दोलित भएका बताईएको छ । समितिले हिजो बौद्ध स्तुपा भित्रै पत्रकार सम्मेलन गरि सो कुराका जानकारी गराएको हो ।

‘बौद्ध स्तुपा जोगाऔं’, ‘नक्कली गुरु भू–पति हटाऔं’ लगायतका नारा लगाई उनीहरुले विरोध प्रदर्शन गरेका थिए । चिनियाँ लामा गुरु भू–पति हटाउन प्रधानमन्त्रीको कार्यालय ,सहकारि तथा गरिवी निवारण मन्त्रालय, गृहमन्त्रालय संघीय मामिला तथा सामान्य प्रसासन, गुठी संस्थान केद्रीय कार्यलय र पुरातत्व विभागमा समेत निवेदन दिईएको तर, एक महिना बितिसक्दा पनि उनीहरुबाट केही पहल–कदमी नभएपछि समिति आफैले यस किसिमको कार्य गर्नुपरेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व– अध्यक्ष तथा ‘बौद्ध स्तुपा जोगाऔं संघर्ष समिति’ प्रवक्ता सम्पुर्ण कुमार लामाले जानकारी दिए ।

विवादित भू–पतिलाई ‘बौद्ध मेलम्ची घ्याङ्ग गुठी’ ले गत २०७३ असार ३ गते नियुत्ति गरेको थियो ।

अन्त्यमा !

विश्व सम्पदा सूचीमा सूचीकृत एक नेपालको सम्पत्ति हो, बौद्धनाथ स्तुपा !

यसलाई संरक्षण गर्न हामी सबैको दायित्व हो । परा–पूर्वकालदेखि नेपालमा अवस्थित यस किसिमको हाम्रो सम्पत्तिलाई कसैबाट पनि अपहेलित हुन नदिऔं !

प्रतिक्रिया दिनुहोस्