
१६ माघ २०७५, काठमाडौं
चिनियाँ साँस्कृतिक केन्द्र र हुनान् प्रोभिन्सको संयुक्त आयोजनामा काठमाडौंको आर्मी अफिसर्स क्लबमा ह्याप्पी स्प्रिङ्ग फेस्टिभल सम्पन्न भएको छ ।

कार्यक्रममा चिनियाँ राजदुत हाउ याङ्गी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा, चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यिन कुन्सोङ्ग र बृहस्पति विद्या सदनका प्रधानाध्यापक सुमन लामा लगायत चिनिया कलाकारका साथै विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो।

ह्याप्पी स्प्रिङ्ग फेस्टिभलमा चीनको हुनान् प्रोभिन्सबाट आएका कलाकारहरुले रेशम फिरिरी र चाईनिज लोक संगीतमा नृत्य गर्नुका साथै चक्कु फ्याक्ने जस्ता कलाहरु प्रदर्शन गरेका थिए ।






