भृकुटी मण्डपमा भएको ह्याप्पीस्प्रिङ्ग फेस्टिभल टेम्पल फेयर कार्यक्रम



१६ माघ २०७५, काठमाडौं

चिनियाँ साँस्कृतिक केन्द्र र हुनान् प्रोभिन्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा ह्याप्पी स्प्रिङ्ग फेस्टिभल टेम्पल फेयर कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यिन कुन्सोङ्गले दुई देशको सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमहरुको आयोजना हुनुपर्ने बताए ।

ह्याप्पी स्प्रिङ्ग फेस्टिभल टेम्पल फेयर कार्यक्रममा चीनको हुनान् प्रोभिन्सबाट आएका कलाकारहरुले दुलही विदाईको नृत्य, सिंह नृत्य, बन मान्छेको नृत्य, जादु आदि प्रदर्शन गरेको कार्यक्रममा नेपाली र चिनियाँ गरी ७०० भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्