पायोनियर स्कूलमा लागूऔषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न



१७ माघ २०७५, काठमाडौं

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय– प्रहरी साझेदारी कार्यक्रम हुने क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर विद्यालयमा सम्पन्न भएको छ ।

‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ शुरु गरिएको नेपाल प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएका छन् ।

बालबालिकाहरुमा लागूऔषध तथा दूर्वसनीको बारेमा सचेत गराउँदै आईरहेको छ । कार्यक्रममा बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा समेत जानकारी गराईएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बूनपा १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले समुदायमा यस्तो खालको कार्यक्रम हुनु गौरवको कुरा भएको बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताएका थिए ।

प्रमुख अतिथि भट्टराईले विद्यार्थीहरुलाई पर्चा समेत हस्तान्तरण गरेका थिए । पर्चामा बालबालिकाहरुलाई लागूऔषध लगायत विभिन्न किसिमका लतमा पर्नबाट छुटाउने जानकारी गराईएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले वर्तमान स्थितिमा प्रहरी र विद्यार्थीहरुमा नजिकको सम्बन्ध स्थापित हुने बताए ।

कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवरद्वारा प्रशिक्षण दिईएको लागु औषध दुर्व्यसनी सम्बन्धि कार्यक्रममा भिडियो मार्फत जनचेतना दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्