पुष्पलाल मेमोरियलको खेलकूद शुरु



१७ माघ २०७५, काठमाडौं

बुधबारबाट पुष्पलाल मेमोरियल कलेजले खेलकूद समारोह शुुरु गरेको छ । विद्यार्थीहरु भित्र रहेका प्रतिभा र क्षमताको प्रदर्शन एवम् प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कलेजले खेलकूद प्रतियोगिता आयोजना गरेको हो ।

खेलकूदले खेलाडीको ब्यक्तिगत विकास मात्र नभएर देशकै विकासमा टेवा पुग्ने बताउँदै खेलकूलाई पनि शैक्षिक क्षेत्र सँगसँगै अगाडी लानुपर्ने क्याम्पस प्रमुख शम्भु अधिकारीले बताए ।

प्रतियोगितामा उच्च माध्यमिक र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, म्याराथुन, टेवल टेनिस, व्याटमिन्टन र चेस जस्ता खेलहरु समावेश गरिएको जीवन श्रेष्ठले बताए ।

पुष्पलाल मेमोरियल कलेजले सदाको वर्ष झै यस वर्ष पनि खेलकूद प्रतियोगिताको आयोजना गरेको हो । चार दिने प्रतियोगितामा कलेजमै अध्ययनरत विभिन्न छात्रा तथा छात्रहरुको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्