चितवनमा अन्तराष्ट्रिय मापदण्डको ‘गौतम बुद्ध क्रिकेट रंगशाला’ बन्ने भएपछि नेपाली राष्ट्रिय टोलीद्वारा धन्यवाद ज्ञापन



१७ माघ २०७५, काठमाडौं

‘गौतम बुद्ध क्रिकेट रंगशाला’ भरतपुरको चितवनमा बन्ने भएपछि नेपाली राष्ट्रिय टोलीले दुबईबाट खुशी ब्यक्त गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बन्ने भएपछि उनीहरुले एक भिडियोबाट खुशी ब्यक्त गरेका हुन् ।

खेलको क्रममा दुबई पुगेको नेपाली राष्ट्रिय टोलीले बुधबार निर्माण घोषणा भएको ‘गौतम बुद्ध रंगशाला’ आफुहरुको लागि एक अत्यन्तै खुशीको कुरा भएको बताएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भनेका छन्, ‘भरतपुर चितवनमा यहाँहरुले बनाउन लाग्नुभएको क्रिकेट स्टेडियमको लागि हामी सम्पुर्ण नेपाली राष्ट्रि क्रिकेट टोलीको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’

त्यसैगरि नेपाली लेग स्पनेर सन्दीप लामिछानेले पनि सामुहिक तथा आफ्नो ब्यक्तिगत रुपमा खुशी ब्यक्त गरेका छन् । उनले भनेका छन्, “अहिले हामी दुबईमा छौं, र हामी यहाँ हुँदा पनि हामीले खुशीको खबर पाएका छौं । हामी सम्पुर्ण नेपाली राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट धुमुस–सुन्तली फाउन्डेशनलाई धन्यवाद दिन चाहन्छौं । र, मलाई अझ खुशी लागेको छ, किनकी म आफै पनि एक तिचवनबासी भएकाले, हामी सधैं तपाईहरुको साथमा छौं ।

 

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्