
१६ माघ २०७५, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
विगतमा शहीदहरूले गरेको योगदानको प्रतिफलस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको छ । नेपालको संविधान २०७२ बमोजिम पहिलोपटक स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई प्राप्त ऐतिहासिक उलपब्धीलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वा्चित संस्था र सरकार कटिबद्ध रहेका छन् । सोही महत्वपूर्ण आधार र प्राप्त उपलब्धिहरूको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदहरूप्रति सच्चा सम्मान हुने विश्वास राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।





