‘सयकडा दश’ ले भ्रष्टामचार बिरुद्ध लाग्न प्रेरणा दिन्छ : कलाकार गजुरेल



१६ माघ २०७५, काठमाडौं

हास्य कलाकारीताको किंगका रुपमा परीचीत कलाकार मनोज गजेरेलको मुख्य भुमीका रहेको ‘सयकडा दश’ ले भ्रष्टामचार बिरुद्ध लाग्न प्रेरणा दिने निर्माण पक्षले दाबि गरेको छ । ‘सयकडा दश’ को प्रचार गर्न पूर्व आएको चलचित्र टोलिले यस्तो दाबि गरेको हो । भ्रष्टाचार विरुद्धको चलचित्र भनेर प्रचार गरिएको सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेलसँगै अभिनेता अमृत ढुंगाना पनि फिल्मको प्रचारका लागी यतीबेला पूर्वमा छन् ।

मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भए पछी मनोज गजुरेल पनी प्रचार प्रसारको क्रममा पुर्व आएको बताईन्छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी हास्य कलाकार गजुरेलले भष्टाचारको बिरुद्ध पे्रम र सकरात्मक सन्देश दिनको लागी आफुले चलचित्रमा अभिनय गरेको बताए ।

समाजलाई सदाचारी बनाउन सय कडा दश ले सहयोग गर्ने गजुरेलको विश्वास छ । गजुरेलले चलचित्र हेर्ने दर्शकहरुले मनोरञ्जन लिने मात्र नभएर चलचित्र हेरेर भ्रष्टाचार विरुद्धको अभियानमा पनी सहभागी बन्न सक्ने बताएका छन । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गरेको बताए ।

चलचित्रमा हास्य अभिनेता मनोज गजुरेल सँगै  राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायतको अभीनय छ ।  चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा  निर्माण गरेका हुन् । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्