स्वर सम्राट नारायणगोपाल समेत स्वर परिक्षामा अनुत्तीर्ण भएका थिए



१५ माघ २०७५, काठमाडौं

आशागोपाल गुरुबचार्य र राममाया गुरुबाचार्यको कोखबाट १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा स्वर सम्राट नारायणगोपालको जन्म भएको थियो। उनको पुरा नाम नारायणगोपाल गुरुबचार्य हो। उनी एक सफल र ख्यातीप्राप्त आधुनिक गायक हुन्।

नेपाली भाषामा गायनलाई आफ्नो पेशाको रुपमा कसैले नअङ्गालेको त्यो समयमा नारायणगोपालले आफ्नो पेशानै गायनलाई रोजेका थिए। नारायणगोपाल नेपाली भाषाको पहिलो पुस्ताका गायकको रुपमा नेपाली सांगेतिक आकासमा छरिएका छन्। उनले लगभग १५० वटा जति नेपाली गीतहरु गाएका छन्। सबैको मन मुटुमा बिझ्न सफल कालजहि उनको गीतहरुमा उनको जादुरुपी स्वरको ठुलो हात रहेको पाहिन्छ।

मानविकी शास्त्रमा स्नातकोत्तर गरेका नारायणगोपालले २०२७ सालमा पेमलासँग विवाह गरेका थिए। विवाह गरेता पनि उनीहरुको कुनै सन्तान भने भएन। वैवाहिक जीवनमा आएका हरेक बाधा बेवाधानहरुलाई पन्छाउदै निरन्तर संगीत साधानामा लाग्ने नारायणगोपालको जीवनमा पनि धेरै असफलताका लस्कर लागेका थिए। पहिलो पटकको स्वर परिक्षामा उनी अनुत्तीर्ण भएका थिए। उनले भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन पनि थालेका थिए तर बिचैमा छाडिदिएर घर फर्केका थिए । चलचित्र माइतीघरमा पाश्र्वगायनमा गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत भएका थिए भने चलचित्र कोशेलीमा स्वास्थ्यका कारण एउटा गीत अपुरो अवस्थामा छाडेका थिए। साथै उनी सास्कृतिक सस्थानका महाप्रबन्धक भएको बेला उनको कारवाहीका कारण धेरै कलाकार दशैको मुखैमा बेरोजगार हुनु परेको थियो। एक सफल गायक हुँदा हुँदै पनि यी कार्यहरुको दाग उनलाई सधैब लागिरह्यो।

गोपाल योञ्जनसँगको मितेरी लगाएपछि उनको गायनमा स्वत : परिवर्तन आएको थियो। युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत पस्किन थालेका उनले त्यो समयको साच्चैको नायकको रुपमा देखा परेका थिए। नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गित खोजेर या रचेर गाउँ थालिसकेको र पच्चिमी जगतबाट बब डायलन, बिटल्सका गीतको प्रभाव देखिन थालिसकेको बेला नेपाली गीतमा नयाँ बोध र नयाँ परिधानको खाचोलाई चिर्दै गोपाल योञ्जनसँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरु गाएका थिए।

त्रिचन्द्र कलेजको ४० औं वार्षिकोत्सवमा आफ्नो परम मित्रहरुको विशेष आग्रहमा पहिलो पटक तबलावाधकको रुपमा मन्चमा उत्रिने आँट गरेका उनको स्वरको पहिचान भने उनकै मित्र मणीकरत्न स्थापितले गरेका थिए। मणीकरत्न र प्रेमध्वोज प्रधानले हिन्दी गीतमा स्वर अभ्यास गर्दा उनि भने ठट्टा गरेर सधै हिन्दीको लया बिगार्दै नेपाली बनाएर गाउने गर्थे।

बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन मा भन्छु मेरो रामकहानीजस्ता गीतहरुले योञ्जनलाई नयाँ जीवान दिएको थियो भने नारायणगोपाललाई नेपाली युवाहरुको नायक बनाएको थियो। नारायणगोपाल आधुनिक गीतमा रमेका भएता पनि उनको बुबाले आधुनिक गीत संगीतलाई हलुका र रंगहीन मान्ने भएको कारण उनको घरमा शास्त्रीय बाहेक आधुनिक गीत मनाही थियो। प्रेम र मणीकले आफ्नै संगीतमा गाउँ सुरु गरिसकेको हुँदा उनले पनि एउटा नया शैलीको संगीतको खोजि गर्न थाले। त्यसैले उनले आफ्नै नयाँ स्वादको संगीतमा र सहपाठी तथा कबि रत्नशम्शेर थापाको शब्दमा ६ ओटा गीत तयार पारेका थिए। स्वर्गकी रानी, आखाको भाका आखैले, भो भो मलाई नछेक र मधुमासमा यो दिल गरि ४ ओटा गीतहरु एकल र बिछोडका पिडा र ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो सहित २ ओटा युगल गाएका थिए। भारतको कोलकत्तामा सम्पूर्ण गीतहरुको रेकर्ड गरेका उनको गीतको चर्चा परिचर्चा दिन प्रतिदिन देश भित्र र बाहिर छरिन पुग्यो। नेपाली मुलको प्रमुख स्वर भएर देखिन थालेका उनको नया स्वरमा विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका गीतहरुलाई पस्किन थाले।

मणिक र जनार्दन समको सहयोगमा नाचघरमा बाद्यवादकको रुपमा जागिर खाएका उनले त्यहाको हाकिम बनुन्जेलामा धेरै मित्रहरुलाई आफ्नै कारणले गुमाएका थिए। आफ्नो प्रगती, प्रसिध्दी र सफलतासँगै आफुमा हुर्किदै गएको अहमताको कारण पुराना गीतकार मित्र रत्नशम्शेरबाट टाढिनु मात्र हैन उनको गीत नै गाउँ छाडिदिए। हाकिम भएपछी आफ्ना दोस्रा गुरु मणिकसँग बोलचालनै बन्द गरे। बालसखा प्रेमध्वोजसंग पनि दुरी बढाए भने मित ज्यू योञ्जनसँग पनि सम्बन्धमा चिसो पसाए।

एक्कासी परिवर्तनको नयाँ सँघारमा पुगेका उनको नयाँ पुस्तासँग उठबस सुरु हुन पुग्यो। त्यो मध्ये दिब्य खालिङ्गसँग उनको जोडी जम्न पुग्यो। खालिङ्गको शब्द र संगीतमा उनले आफ्नो दोस्रो अध्याय सुरु गर्न थाले। त्यसैको उपहार स्वरुप सधैनै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झुता नै हुन्छ, बिपना नभईजस्ता गीतले उनलाई पुन स्थापित गराउन सफल भयो। त्यो सँगै गीतकार क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाल, नोर्गें रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकुरेलसँग हिमचिम बढाउँन थाले भने पुराना साथी सबै छाड्दै गए।

नेपाली सांगीतिक आकासमा स्वर सम्राटको उपाधिले सम्मान गरिएको नारायणगोपाललाई जिस्काउन र अपहेलाना गर्न मात्र यो उपाधि दिएको धेरैको गुनासो रहेको पाईन्छ। कुनै पनि क्षेत्रको सम्राट उपाधि पाउने ब्याक्तिले राज्यकोषबाट छुट्टै भत्ता पाउने व्यावधान रहेता पनि अहिले सम्म नारायणगोपालको नाममा त्यस्तो कुनैपनि भत्ता छुट्टाईने गरिएको छैन। गीती श्रद्धान्जली भाग १ देखि भाग ४ सम्म, स्वर्णिम सन्ध्या भाग १ र २, प्रियशीका यादहरु, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुराँस भएछु, अल्झेछ क्यारे, तिम्रो मनमा, गीतीयात्रा भाग १, नारायणगोपालका आधुनिक गीतहरु भाग १ देखि ९ सम्म र मालती मंगले (गीतीनाटक) उनका प्रमुख एल्बमहरु हुन्।

गायनको अलावा खाना बनाउने, चेस खेल्ने, चंगा उडाउने, फुटबल म्याच हेर्ने जस्ता बानी र शोख भएका नारायणगोपालले रेडियो नेपालबाट २०२ सालमा सर्वोत्तम संगीतकार र २०२४ सालमा सर्वोत्तम गायक त्यसैगरी २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०३९ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भएका थिए।

बागीनाको प्रकाशक तथा सास्कृतिक सस्थानका महाप्रबन्धक र संचार मन्त्रलयका सल्लाहकारसमेत भएका नारायणगोपालले गीती नाटकको कथा पनि लेखेका थिए। उनको निधन २०४७ सा मङ्सिर १९ गते राति ९ बजे बीर हस्पिटलमा मधुमेहका कारण भएको थियो। पेमलाले नारायणगोपालका मित्र नगेन्द्र थापा शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा नारायणगोपाल संगीत कोषको समेत स्थापना गरेकी छिन्। पेमलाको पनि केहि बर्ष अघि निधन भइसकेको छ।
(नारायणगोपालको सम्मान स्वरुप एक सेयर गर्न नबिर्सिनु होला )

प्रतिक्रिया दिनुहोस्