‘हुने बिरुवाको चिल्लो पात’ उखानका एक ज्वलन्त तात्पर्य, १३ वर्षीय ‘विभूषण’ (भिडियो सहित)



१४ माघ २०७५, काठमाडौं

‘हुने बिरुवाको चिल्लो पात’ म सानो छँदा मेरो बाबाले भन्नुहुन्थ्यो । म बुझ्दिन थिएँ । तुरुन्तै सोधिहाल्ने आँट पनि हुन्न थियो । सोध्छु भनेर मच्चिन्थेँ, तर फेरी पनि डर आईहाल्थ्यो मनमा कताबाट रु कताबाट ?

आजैसम्म पनि यो कन्फ्युजन छ, मनमा यसको तात्पर्यता के हो ? त भनेर । तर, यसको तात्पर्यता भर्खर बुझ्दैछु ।

किनकी मैले भेटेको छु, सानो फुच्चे तर मनमा दृढ संकल्प बोकेका १३ वर्षिय केटो ! जसले नेपाललाई एक साक्षत स्वर्गजस्तै बनाउन संकल्प राखेका छन् । अनि लाग्न थालेको छ, शायद ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यहि होला भनेर ।

भर्खरमात्र थाहा भएको यो अजिव उखानको तात्पर्यता १ जब विभूषण राई लाई भेट्टाएँ । अनि मलाई कहिलेकाहिँ आमाले पनि भन्नुहुन्थ्यो, ‘किन बाटोमा हगिस, एउटा आटँले’ रे ’ सुरुमा हाँस नउठेको कहाँ हो र ? अनि आमाको खिल्ली नउडाएको पनि होईन ।

तर, भर्खर म आफै लज्जित भएको छु । जब मैले साना मान्छे, ठुलो सोच भएका भाई विभूषणलाई पाएँ । कुनै ब्यक्तिले केही गर्ने सोच राखे भने, त्यसलाई फत्ते गर्नसक्ने आँट पनि अवश्य हुन्छ । त्यो मान्छेले त्यो सम्मको आँट राखेको हुन्छ ।

१३ वर्षको एउटा केटो जो भन्छ, भविष्यमा नेपाललाई स्वच्छ अनि नेपालीलाई स्वस्थ राख्छु भनेर, यहाँ सामान्य कुरा छैन ।
के थाहा ? भोली नेपालको भविष्य यहिँबाट पो सुरु हुन्छ की ?

आजभन्दा करिब १३ वर्षभन्दा अगाडी सोलुखुम्बु साविकको वाकु गाविसमा जन्मिएका विभूषण राई,,,,,,,

जसको ईच्छाशक्ति नै सबैभन्दा ठुलो कुरा हो, भनेर भन्छन्, उनी थप्छन्, “म भोलीका दिनमा नेपाललाइ सफा राख्नको लागि जस्तो पनि समस्याहरुलाई हल गर्ने क्षमताका साथ अगाडी बढिरहेको ।”

आजभन्दा करिब ५ वर्षअगाडीबाट नै संचालन भईरहेको एक सफाई अभियान हो, ‘क्लिन काष्ठमण्डप’

सोही अभियानमा आफ्ना साना–साना पाखुराहरुलाई एक सशक्त रुपमा अघि बढाईरहेका उनीमा कुनै एक वयस्क मान्छेको भन्दा कम जोश छैन ।

त्यस्तो ब्यक्तिहरु विरलै जन्मिन्छन्, जसले सानो उमेरमा यक्तिका प्रगतिका कुराहरुलाई आफ्नो मनमा गुन्न सक्छन्, अनि धोको राख्छन्, सानै उमेरमा नेपाल अनि नेपालीहरुको भविष्य आफ्नो मनमा ।

यहाँ त यस्तो लाग्छ, गर्न त छुट्टै कुरा हो । गर्छु भनेर आँट गर्नु नै पनि ठुलो कुरा हो । किनकी यहाँ समाजको एउटा यस्तो सिद्धान्तको विकास भएको छ । जुन् सिद्धान्त भन्छ, ‘सुरुवात गर्ने नै सबैभन्दा ठुला ब्यक्ति हुन् ।’

केपी खनालको नेतृत्वले चलाईरहेको अभियान ‘क्लिन काष्ठमण्डप’ अहिले देशका विभिन्न कुनाहरुमा सरसफाईमा खटिरहेको छ । जसअन्तर्गतको एक सरसफाई अभियान्ता हुन् विभूषण राई !

भिडियो हेर्नुहोस ।

नेपाल अनि नेपालीहरुको लागि नै भनी बनाईएको यो क्याम्पेनिङमा अहिले २५ भन्दा बढि स्थाई सदस्यहरु भएको उनी बताउँछन् ।
‘म बदलिन्छु, मेरो देश बदलिन्छ ।’ प्रमुख मोट्टो भएको यो अभियानले साँच्चै नै भोली गएर नेपाल अनि नेपालीहरुको मान अनि मर्यादाले सगरमाथालाई होचो नबनाऊला भन्न सकिन्न ।

परिवर्तन खबरसँग कुराकानी गर्दैै राई भन्छन्,

“जीवनमा सुरुवातमै केही राम्रा कामहरुलाई पछ्याउन सकियो भने, आफ्नो लगायत अरुको जीवनमा पनि केही सकारात्मक फरकपना ल्याउन सकिन्छ कि भनेर हो । वास्तवमा मलाई मन चाहिँ राजनीतिक पर्छ । तर, दिनहरु बित्दै जाँदा यो अभियानमा आईपुगियो, मैले यहाँ आफैले आफैलाई यो प्लेटफर्ममा देख्दा खुशी लाग्छ ।”

‘क्लिन काष्ठमण्डप’ ले साप्ताहिक रुपमा शहरका विभिन्न ठाँउहरुमा सफा गर्ने भएको उनी बताउँछन् ।

यस्तो एउटा अभियान, जसले भोली नेपालीहरुलाई सफावालाको संज्ञा दिन सहयोग गर्छ ।
जसले नेपाललाई साक्षत स्वर्गको नाम दिन सक्छ ।

यो अभियान हामी सबैको हो । त्यसैले यस खालको अभियानलाई हामी सबै मिलेर पुरा गर्नुपर्छ ।
यो एक सभ्यताको अंश हो ।

पहिले आफु बदलाऔं, अनि बदलाउऔं देशलाई पनि !!

प्रतिक्रिया दिनुहोस्