‘नबिना’को दुई गजलहरु !



१४ माघ २०७५, काठमाडौं

गजल–१

लखौं पिँडा रोएर मैले, टार्दैछु एक्लै यहाँ ।
तिम्रो अभावमा आँशु, झार्दैछु एक्लै यहाँ ।।

उहि उकालो ओरालो, उहि नदीका तालहरु ।
लाखौं गुणा गह्रौं मन, तार्दैैछु एक्लै यहाँ ।।

हाँसेका थियौं हामी, बोलेका थियौं ।
पिडासँगै ती पलहरु, नार्दैछु एक्लै यहाँ ।।

जिती गयौं तिमी, हराएर मलाई ।
जीवन यात्रामै अचेल, हार्दैछु एक्लै यहाँ ।।

बाचा कसम हुँदोरहेछ, झुटो पिरतीमा ।
तिम्रो बन्ने आशाहरु, मार्दैछु एक्लै यहाँ

गजल–२

भ्रष्टचारीको नामले परिचित भई, नबस कुर्सीमा ।
६ करोड आँखाअघि अज्जित भई, नबस कुर्सीमा ।।

कहाँ भुल्यौ प्रणहरु, कहाँ भुल्यौ विश्वास ।
आफ्नै काममा मात्र सिमित भई, नबस कुर्सीमा ।।

जनता तिम्रो सन्तान, छोरीचेलीमाथि अपराध गर्दा ।
ब्यङ्ग्यको चाखलाग्दो, गीत नभई नबस कुर्सीमा ।।

शान्ती फैलाई देशमा, सन्तुष्टिको बार हाल्नेले ।
दुःख र अपराधीको, प्रीत भई नबस कुर्सीमा ।।

दुःखको रापले पोल्दा, उल्टै अन्गि बनिदिन्छौ ।
आँशुले भिज्दा नेपाली, शीत भई नबस कुर्सीमा ।।

थुलुङ दुधकोशी गाँउपालिका–५, सोलुखुम्बु
हाल : बौद्ध, काठमाडौं

प्रतिक्रिया दिनुहोस्