सांसद श्रेष्ठ सहितको टोलीद्वारा सम्पदा संरक्षण लगायत बाटो डिजाईनबारे छलफल



११ माघ २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले विष्णुमती कोरिडोर बाटोमा सम्पदालाई समेत संरक्षण गरी पुलमुनिबाट बालाजु निस्कने बाटोको डिजाइन गर्नेगरी छलफल गरेका छन् ।

यस किसिमबाट सडक निर्माण गर्दा कतै जाममा नपरी नयाँ बजार पुलमा निस्कन सकिन्छ भन्ने छलफलको निष्कर्ष रहेको छ ।

छलफलमा सांसद श्रेष्ठ लगायत काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका योजना उपप्रमुख ईन्जिनियर योगेन्द्र चित्रकार, वडा नं. १५ का वडासदस्य मैयाँ लक्ष्मी महर्जन तथा काठमाडौं महानगरपालिका १५ र १९ का स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्