
११ माघ २०७५, काठमाडौं
पछिल्लो समय बलिउडमा निकै छाएकी स्टार किड सारा अलि खानलाई पिता सैफले मिडियामा कम आउन सुझाब दिएका छन् ।

दुई चलचित्रमा अभिनय गरेर चर्चामा आएकी सारालार्ई सैफले ‘धेरै मिडियामा आउँदा करिअरलाई फाइदा हुँदैन, नीजि जिन्दगी समेत दिनहुँ सार्वजनिक हुन्छन् त्यसैले केही रिजर्भ रहनु भन्ने सुझाव दिएका हुन् ।

सेफको पारिवारिक स्रोतले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । स्टार किड भएकै कारण दुई चलचित्र रिलिज अगावै उनलाई मिडियाले धेरै कभरेज गरिरहेको थियो ।






