जब विद्यार्थीसँगै प्रधानाध्यापक नाच्न थाले तब भिडियो भाईरल



चीनको एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ ।

यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले आफैंले नाच्न सिकेका हुन् र विद्यार्थीहरुलाई पनि सिकाउने कोसिस गरे ।

शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकका अनुसार विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्छ त्यसकारण डान्स गराउने निर्णय गरिएको हो ।

यो भिडियोलाई फेसबुकमा ११ लाख बढीले सेयर गरेका छन् भने ४८ हजार बढीले यसमा कमेन्ट गरेका छन् । तीमध्ये धेरैले प्रधानाध्यापकको यो कदमको तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्