कृष्णलाई भेट्दा रोए विराज भट्ट, एकै चोटी २५ लाख रुपैया हस्तान्तरण (भिडियो सहित)



१० माघ २०७५, काठमाडौं

नेपाली चलचित्र क्षेत्रमा कुनै बेला निकै लोकप्रिय मानिने नायक बिराज भट्टले कृष्ण ओलीलाई पहिलो पटक भेट्दा भावुक बनेका छन् । कृष्णलाई मन पर्ने नायक विराज भने पछि नयाँ–नयाँ न्यूजका शिशिर भण्डारीले उनलाई भेटाउने वातावरण मिलाएका थिए ।

रुकुमका २१ वर्षिया कृष्णले कलिलै उमेरमा दुबै हात र एक खुट्टा गुमाउनु परेको थियो । साँझपख अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाला साहुले लाईन अन गरिदिदा ११ हजार भोल्टेजको करेन्ट लागेपछि उनले आफ्नो शरीरको अङ्ग गुमाउनु परेको थियो  ।

कृष्णको दुःखमा मल्हम लगाउने काम देश तथा विदेशमा बस्नु भएका नेपालीहरुले आर्थिक सहयोग दिई गरिरहेका छन् । पछिल्लो समयमा तात्तातो खबरका भाग्य न्यौपानेले हङकङबाट पठाएको एकमुष्ट २५ लाख रुपैंयाँ कृष्णकी पत्नी रुपालाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्