थुलुङ राईहरुको थुलुङ बालगित सार्वजनिक



०९ माघ २०७५, काठमाडौं

किराँत राई भित्रको एक सामुदाय थुलुङ राई हरुको थुलुङ राई भाषाको कक्षा बालगित सार्वजनिक भएको छ ।

यस अघि नै कक्षा–१ (हालाम–को) पाठ्यपुस्तक लोकार्पण गरेको थुलुङले ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ तथा ‘थुुलुङ राई भाषा विकास समिति’ को सहकार्यमा थुलुङ बालगित पनि सार्वजनिक गरेको हो ।

ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरि सार्वजनिक गरिएको गितहरुमा ‘निप्सुङमाउ पिरुङमाउ’, ‘वेवकाम सेमने बुबुया’, ‘सिप सिप यस्ता साम रोक्ता’, ‘कोले नले सुले’, ‘वेवमाता ङाच्यो छारी’ तथा ‘याक्के याक्के फ्युच्यू बु’ जस्ता गितहरु छन् ।

थुलुङहरुको परम्परादेखि चलिआएको रीति रिवाजलाई बचाईराख्ने उद्देश्यसाथ थुलुङ राईहरुले कदम चालिरहेका छन् । गितमा ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ का वरिष्ठ उपाध्यक्ष खुक्सङ खम्बु राईको शब्द, जनम थुलुङ राईको संगित तथा पदम थुलुङको एरेन्ज रहेको छ ।

सो गितहरुलाई हेर्नका लागि ‘थुलुङ प्रतिष्ठानको युट्युब च्यानललाई लग ईन गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्–

‘थुलुङ राई भाषा विकास समिति’ र ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ बीच एकता

प्रतिक्रिया दिनुहोस्