
०८ माघ २०७५, काठमाडौं
राम बहादुर वमजन सिन्धुलीमा कडा सुरक्षाको घेरामा बसेको भेटाईएको छ ।
बाराको हलखोरियामा तपस्यामा बसेपछि चर्चामा आएका उनी त्यसपछि सिन्धुपाल्चोक, सिन्धुली, सर्लाही लगायतका जिल्लामा उनको आश्रम रहेको छ ।
राम बहादुर बमजन लामो समयदेखि विभिन्न स्थलमा तपस्या बस्दै आएका भएपनि अहिले भने उनी सिन्धुलीको आश्रममा बस्दै आईरहेका छन् ।
भगवानको अर्काे रुप गुरु हुन्छ र त्यो गुरु बमजन हुन् भन्ने उनका शिष्यहरुले उनलाई सुरक्षा दिने काम गरिरहेका छन् । उनी आध्यात्मिक भए पनि विज्ञानलाई पनि विश्वास गर्छन् । साथीभाईसँग बोलचाल गर्न, काम आदि अह्राउन उनी मोबाइलको प्रयोग र हिडडुल गर्न गाडिको प्रयोग गर्छन् ।





