
०८ माघ २०७५, इटहरी
आगामी चैत्र २३ गतेदेखि बैशाख २४ गते सम्म एक सुनसरीको चतरामा महिने अर्ध कुम्भ मेला लगाइने भएको छ । नेपालका प्रथम जगतगुरु वाल सन्तको पहलमा विगत डेढ दशक अघि देखि प्राचिन हरिर चतरामा हुन थालेको कुम्भ मेला सञ्चालन हुने भएको हो । २०५९साल देखि सुरु भएको कुम्भमेला नेपालमा पहिलो कुम्भमेला भएको उल्लेख गरिएको छ ।
सोमवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरि आगामी चैत्र महिनाबाट सुरु हुने एक महिने कुम्भ मेलाका प्राचिन हरिद्धार चतरामा हुने जगत गुरुले जानकारी दिए । देवकालीन समयमा देवता र द्धैत मिली मन्द्राचल पर्वतको मदानी तथा वासुकी नागको नेती वनाई समुन्द्र मन्थन गर्दा निस्कीएको नौनी र तरको पिण्ड निस्कीएको कौशिकी टकमा स्वयम हरिहर विष्णुले पहिलो पटक कुम्भ मेला लगाएको स्थानमै लगाइने चतराको कुम्भ मेलाको ठुलो धार्मिक महत्व रहेको समेत जगत गुरुले वताए ।
धर्मकै माध्यमद्वार परस्पर प्रेम सद्भावको अभिवृद्धि गर्दै राष्ट्रिय एकता सर्वभौमिकता अखण्डता र देशभक्तिको भावना जनजनमा सञ्चार गर्न र आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनका लागि समेत कुम्भ मेला महत्वपुर्ण हुने जगतगुरुको तर्क रहेको थियो । नेपाल २०५९ सालमा पुर्ण कुम्म ,२०६३ मा अर्धकुम्भ, २०७० मा बाह्रवर्षे पुर्ण कुम्भ मेला सम्पन्न भई सकेको छ । नेपाल र भारत दुवै देशमा प्रत्येक वाह्र/वाह्र वर्षमा कुम्भ मेला लगाउने गरिएको छ ।
भारतमा माघ महिनामा कुम्भ लगाउने गरिएको छ भने नेपालमा चैत्र महिनामा कुम्भ मेला लगाउने गरिएको उनले वताए ।





