स्वस्थानी व्रत सुरु, शालीनदीमा मेला



०७ माघ २०७५, काठमाडौं

सत्य युगमा पार्वतीले कठोर ब्रत बसी स्वस्थानीको पूजाअर्चना गरेपछि महादेव पति पाएको धार्मिक विश्वास रहेको हिन्दु धर्मालम्बीहरुको भक्ति र श्रद्धाको पर्व श्री स्वस्थानी ब्रत सोमबारदेखि सुरु भएको छ ।

एक महिनासम्म घरघरमा स्वस्थानी परमेश्वरीको व्रतकथा पढेर सुनाउने स्वस्थानी ब्रतमा बिहान नुहाएर मध्यान्हमा पूजा अर्चना गरिने गरिन्छ ।

काठमाडौंको साँखु शालीनदीमा विशेष मेला लाग्ने स्वस्थानी ब्रतमा व्रतालु महिला–पुरूषहरुले साँखु लगायत देशभरका नदी, खोला र किनारमा स्वस्थानीको प्रतिमा बनाइ श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्