
७ माघ २०७५, काठमाडौँ
पशुपति फुडस (आँगन) अन्तर्गत कर्मचारीहरुको संगठनको रुपमा रहेको नेपाल स्वतन्त्र होटल तथा क्यासिनो मजदुर युनियन निकट मजदुरहरुले आइतबार देखि काठमाडौ का ६ वटै आँगनका शाखाहरुमा तालाबन्दी गरेका छन्।

मजदुरहरुले १०% सेवा सुल्कको माग गर्दा पनि बारम्बार ब्यबस्थापकले कुनै पनि मागहरको सम्बोधन नहुदा अन्तत मजदुरहरु तालाबन्दी गर्न बाध्य भएका हुन्। यसअघि पनि व्यावस्थापकसँग बारम्बार बार्ता बस्दा निष्कर्ष विहिन भएको थियो।
व्यावस्थापक सँधै दलालीहरुको पछि लागेर मजदुरले उठाएका सेवासुबिधाको सम्बोधन गर्न नचाहदा मजदुरले उक्त प्रतिस्ठानमा तालाबन्दी गर्न बाध्य भएका हुन्। त्यस प्रतिष्ठानमा यस अघि बिनाकारण मजदुरलाई निष्काशन र ति मजदुरहरुको पुनर्बहालिको माग पनि आन्दोलनरत मजदुरहरुले गरेका छन।

जब सम्म मजदुरहरुको सेवासुबिधाको कदर गर्दै सम्पुर्ण कुराहरुको सुनुवाइ हुदैन तब सम्म उक्त प्रतिष्ठान मा ताला नखोलिने कुरा एक मजदुरका नेता बताउछन्। बिगतमा निष्काशित मजदुरहरु पनि उक्त मजदुर युनियन आन्दोलनमा सक्रिय भएर लागेका छन्।





