
विश्वमा धेरै किसिमका प्रतियोगिता हुने गरेका छन् । त्यसमा तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ ‘विश्व दाह्री–जुंगा प्रतियोगिता’ हुने गरेको छ ।

प्रतियोगितामा दर्शकहरुलाई चकित पार्दै जर्मनीमा सयौंका संख्यामा मानिसहरु सहभागी भएका थिए । सो प्रतियोगितामा सहभागी हुन जर्मनी पुगेका व्यक्तिहरुका दाह्री–जुंगा भने आकर्षणको केन्द्र बनेको थियो ।

प्रतियोगिताका आयोजकले आशा गरिएको भन्दा राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । जर्मनीको स्टुटगार्डमा विश्व दाही–जुंगा प्रतियोगिता (वल्र्ड ब्रेड एण्ड मुँछ च्याम्पियनसिप) भएको थियो । २० देशका ३ सय भन्दा बढी व्यक्ति सहभागी हुन जर्मनी पुगेका थिए ।






