
०६ माघ २०७५, काठमाडौं
प्रनिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका कङ्केश्वोरी मन्दिर निरीक्षण गर्नुको साथै स्थानीय जनसमुदायसँग छलफल गरेका छन् ।

कङ्केश्वोरी मन्दिर निर्माण कार्यमा स्थानीयको जनगुनासो बढेपछि सांसद श्रेष्ठ सहित कामपा वडा नं. १९ कङ्केश्वोरी अजिमा गूठी खलस्काका उपाध्यक्ष बाल गोपाल महर्जन, कङ्केश्वोरी अजिमा गूठी खलस्का सचिव लगायत काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वर मान डंगोलको टोलीले उक्त मन्दिरको निरीक्षण गरेका थिए ।






