‘नेचर गाई’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)



०६ माघ २०७५, काठमाडौं

नेपाली फिचर फिल्म ‘नेचर गाई’ को टेलर सार्वजनिक भएको छ । फिल्ममा वैदेशिक रोजगारी र त्यसले युवामा पारेको मानसिक प्रभावलाई चित्रण गरिएको छ । साथै यो फिल्मले हिमाली क्षेत्रको प्रकृति र मानिसबीचको सम्बन्धलाई पनि उजागर गरिएको छ ।

फिल्म ‘नेचर गाई’लाई युगल पोमूले निर्देशन गरेका हुन् । जो लामो समयदेखि म्युजिक भिडियो निर्देशन व्यस्त हुँदै आएका छन् । म्युजिक भिडियो निर्देशनबाट चर्चामा आएका पोमूको यो पहिलो फिचर फिल्म हो ।

फिल्म ‘नेचर गाई’मा आफ्नै देशमा स्वरोजगार बनेर गाउँका अन्यलाई पनि रोजगारी दिने सपना बुनेका एक युवाको कथा उनिएको छ । बेरोजगारीका कारण युवाहरु दिनदिनै खाडी मुलुक तथा विभिन्न देशमा पलायन भइरहेका बेला ‘नेचर गाई’ले स्वदेशमै केही गर्न युवालाई उत्साएको छ ।

तर, आफ्नै मुलुकमा केही गर्छु भन्ने भाव हुँदाहुँदै पनि रोजगारीका विदेशिनु परेको आम नेपाली युवाको पीडालाई ‘नेचर गाई’ले ओकलेको छ । अन्तर्राष्टिय फिल्म फेस्टिवललाई लक्षित गर्दै निर्माण गरिएको यो फिल्म केही समयअघि प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकले फिल्मलाई रुचाएको हो निर्देशक पोमूले बताए ।

फिल्ममा श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघाईको अभिनय रहेको छ । लोकराज आङबुहाङ कार्यकारी निर्माता रहेको ‘नेचर गाई’लाई श्याम इङ्नाम, रेजिन साँबा र हेम सिंगकले निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्