गृहमन्त्री थापाद्वारा महाभुकम्पमा क्षतिग्रस्त विहार पुनः निर्माणको शिलान्यास



०६ माघ २०७५, काठमाडौं

गृहमन्त्री रामबहादुर थापा (बादल)ले २०७२ बैशाख १२ गतेको महाभुकम्पद्वारा क्षतिग्रस्त काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भुस्थित पुजारी आवास गृह तथा विहार पुनः निर्माणको शिलान्यास गरेका छन् ।

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सांसद राजेश शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, स्वयम्भू पुनःनिर्माण समितिका संयोजक तथा वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहित स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको जानकारी निरज श्रेष्ठले गराएका छन् ।

  

प्रतिक्रिया दिनुहोस्