पुनः निर्माणका लागि सांसद श्रेष्ठद्वारा कामपा १५ स्थानीयसँग छलफल



०६ माघ २०७५, काठमाडौं

प्रनिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमका लागि जनप्रनिधि सहित स्थानीयसँग छलफल गरेका छन् ।

सांसद श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु ढुङ्गेधारा निर्माण तथा डल्लु चौतारा पुनःनिर्माण सम्बन्धमा स्थानीय जनसमुदायसँग नव जाकृती क्लबमा छलफल आयोजना गरे ।

छलफल कार्यक्रममा कामपा १५ वडाध्यक्ष ईश्वर मान डंगोल, डल्लु ढुङ्गेधारा निर्माण तथा डल्लु चौतारा पुनःनिर्माण उपभोक्ता समिति संयोजक अमर बहादुर रञ्जित लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्