जर्मन फ्रेन्च लिग : एकै खेलमा दुई खेलाडीको ह्याट्रिक, विपक्षको पोष्टमा ९ गोल



०६ माघ २०७५, काठमाडौं

एकै खेलमा एडिनशन कभानी र किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मनले फ्रेन्च लिग वानमा गुइनगाम्पलाई ९–० को फारिकलो अन्तरले पराजित गरेको छ ।

पिएसजीका लागि नेमारले पनि दुई गोल गरे । यस्तै थोमस मनिएरले एक गोल थपे । यस जितपछि पिएसजीले फ्रेन्च लिगमा दश दिनअघि बेहोरेको २(१ को हारको बदला समेत लिएको छ ।

फ्रेन्च लिगमा एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको ४० वर्षयता पहिलो हो । सन् १९७९ मा बोर्डेक्सका दुई खेलाडीले एकै खेलमा ह्याट्रिक गरेका थिए ।

यस सिजन लिग वानमा अपराजित रहँदै १९ खेलबाट ५३ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पिएसजीले दोस्रो स्थानको लिले माथि १३ अंकको अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्