भ्रमपूर्ण समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण



०५ माघ २०७५, काठमाडौं

गत हप्ता भारतको औपचारिक भ्रमण गरी स्वदेश फर्किएका प्रधान सेनापति पूर्णचन्द्र थापाको पोशाकलाई लिएर केही अनलाईनले वास्तविकता भन्दा फरक समाचार सम्प्रेषणप्रति नेपाली सेनाले ध्यानाकर्षण गराएको छ ।

केही अनलाईन मिडियाहरुले प्रधानसेनापतिको टोपी (फरेज क्याप) भारतमा छुटेको भनी दावी गरेतापनि सो समाचारमा दावी गरिए अनुसारको वास्तविकता नरहेको भनी नेपाली सेनाले ध्यानाकर्षण जारी गरेको छ ।

उक्त ध्यानाकर्षणमा प्रधान सेनापति थापा लगायत सम्पूर्ण भ्रमण दलका सदस्यले चुस्ता पोशाक नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता भएको भनी थप स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्