बलात्कारीलाई सरकार फाँसी दिनुपर्छ (गजल)



सुरेन्द्र शाही”गुलाब कान्छो”,बाजुरा

बलात्कारीलाई सरकार फाँसी दिनुपर्छ।
निर्मलाका आत्महरु हाँसी दिनुपर्छ।।

पुरुषजाति देख्दापनि काप्ने आत्मासङ्ग,
प्रेमाभावको नाता पक्कै गाँसी दिनुपर्छ।।

हत्याहिंसा, भ्रष्टाचार र बलात्कार सकेसम्म,
सबै हामी मिलिजुली माँसी दिनुपर्छ।।

अनि पो त शान्तिपूर्ण सास फेर्नेछिन्,
दिलदिलमा न्यायका अक्षर टाँसी दिनुपर्छ।।

 

प्रतिक्रिया दिनुहोस्