‘कर्मचारी अभावले घरजग्गा शाखा बढी भ्रष्ट भयो !’



०४ माघ २०७५, इटहरी

धरान र विराटनगर, दुई ठुला र पुराना सहरका बिचमा बसेको कान्छो सहर भनिने इटहरीलाई प्लटीङले बचेको सहरका रूपमा चित्रण गरिन्छ । पुर्वाधरा विज्ञहरू यसलाई सहर भन्ने शब्द प्रयोग गर्न नहुने तर्क गर्दछन् । इटहरीलाई दुई राजमार्गमा बसेको बस्ती भनिन्छ । तर माओवादीको द्वन्द्व कालमा इटहरीमा प्लटीङको व्यवसाय फस्टायो । यसको प्रभावले इटहरी उपमहानगरपालिकाको घरजग्गा शाखा मानिसको बढी भिड हुने शाखाका रूपमा चिनिन्छ । उक्त शाखा व्यस्तका साथै बढी घुसको कारोबार हुने शाखाका रूपमा समेत चिन्ने गरिन्छ ।

प्लटीङ र जग्गा दलालको बढी दबदबा रहने शाखामा अनियमितता धेरै हुने कुरा स्वयम् नगरपालिका प्रशासनले समेत स्यीकार गरेको छ । २१ भूकम्प सुरक्षा दिवसका अवसरमा इटहरी उपमहानगरपालिकाले गरेको अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहाधनगरपालिकाका इनजीनियर विकास भट्टराईले उक्त शाखामा बढी अनियमितता हुने स्यीकार गरेका हुन् । उनले अनियमीताको कारण भने कर्मचारी अभाव भएको बताएका छन् । ‘घरजग्गा शाखामा अनियमितता धेरै हुने हामीले पनि गुनासो सुनेका छौ ।’ भट्टराईले भने ‘हामीसङ कर्मचारीको अभाव रहेको छ । त्यसको फाइदा उठाउँदै बिचौलिया सल्बलाएका छन् ।’

अन्तरक्रियामा बोल्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारीक चौधरीले इटहरीमा तीव्र रूपमा भवन निर्माण भई रहेता पनि भवन निर्माण आचार संहिता २०७२को पूर्ण पालनमामा भने ध्यान नपुगेको बताए । ‘भवन निर्माण आचारसहितका बारेमा धरैलाई थाहा नै छैन ।’ उनले भने ‘यसलाई निमुर्ल पार्न हामीले कन्सल्टेन्सीहरू र भवन निमार्णका अगुवा सँग छलफल गरेका छौ, अव हामी अनुगमनलाई समेत ध्यानमा राख्छौ ।’ चौधरीका अनुसार अव नगरपालिकाले निजी आवास निमार्णको समेत अनुगमन गर्ने छ ।

चौधरीले उपमहानगरपालिकाको चालु नगरसभामा समेत भवन निर्माण सम्बन्धी कानुन निर्माण गर्ने योजना रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्