२१ औं शताब्दीका एक दृढ आध्यात्मिक ब्यक्ति– टिका शेर्पा ! जो हुन् १६ ठेली (प्रज्ञा पारमिता) अनुवादक (भिडियो सहित)



०३ माघ २०७५, काठमाडौं

‘धर्म’ भनेको मानिसको कुनै आधारभूत आवश्यक्ताभित्र बाँधिदैन । तर, यो आवश्यक्ताको सूचीभित्र भने, अवश्य पर्छ, यसो भन्दा यहाँ कसैलाई ठुलो किसिमको मर्का नपर्ला ।

किनकी, धर्म भनेको यस्तो कुरा हो । जसले ब्यक्तिलाई एक निश्चित सु–परिमितीभित्र राख्दछ ।

यत्तिमात्र होईन ।

धर्मले ब्यक्तिलाई कुलतहरुबाट पनि सजिलै छुट्याउन समेत ठुलो सहयोग गर्छ । यसले समुदाय परिवर्तन गर्न सक्छ । देश अनि सिङ्गो राष्ट्रै पनि किन नहोस् यसले सकारात्मक दिशामा लाने क्षमता राख्दछ ।

त्यसभित्र पनि !

नेपाल एक धर्म निरपेक्ष राष्ट्र !

यहाँ विभिन्न धर्महरु मनाउने मानिसहरुको बसोबास रहँदै आएको छ । त्यसमा पनि मुख्यतः बौद्ध, हिन्दु, क्रिश्चियन, मुस्लिम र ईसाई आदि आदि । यसमा पनि आ–आफ्नै किसिमको धर्मको सिद्धान्तहरुः अनि छुट्टाछुट्टै धर्मशास्त्रहरु ।

जस्तैः बौद्धको त्रिपिटक, किराँतको मुन्धुम, हिन्दुको बेद त्यस्तै क्रिश्चियनको बाईबल तथा अन्य यस्तै यस्तै । धर्मले त्यससम्मको क्षमता राख्दछ ।

समाजमा यो गर्न हुने, अनि यो गर्न नहुने भनेर एक खालको कार्य हुनु पनि यसकै प्रभाव हो । यो सबै कुराहरुलाई नियालिरहँदा यो धर्मप्रचारको कुनै संकेत भने होईन ।

यहाँ यस्तो एउटा कुराको सुरुवात भएको छ, जुन धर्मसँग प्रत्यक्ष सम्बन्ध राख्ने एक काम हुने श्रृंखलामा छ । जुन कामबाट धेरै मानिसहरु लाभान्वित हुन सक्छन् ।

कुनै कुरा कुनै ब्यक्तिको प्रीय हुँदो हो त, त्यो त्यत्तिबेला हुन्छ । जुनबेला प्रयोगकर्ताको मन अनि मष्तिस्कलाई त्यो चिजको गुणले तान्न सक्छ ।
यस्तै अहिलेको युगको आवश्यक्ता अनि चाहनालाई बुझेर त्यो काम गर्न तर्फ लागेका छन्, टिका शेर्पा !

‘बुद्ध बचन अनुवाद समिति’ का अध्यक्ष समेत रहेका शेर्पा (त्रिपिटक) प्रज्ञा पारमिता १६ ठेली का पहिलो अनुवादक समेत हुन् । उनको यो कार्य यस्तो खालको कार्य हो , जुन कार्यबाट सबै उमेर समूहका मानिसहरुलाई फाईदा पुग्न सक्छ ।

नेपालको सन्दर्भमा भन्दा सबैभन्दा धेरै मूर्ति भएका हाम्रो नेपालीहरुको सान अनि गौरव ‘भगवान् गौतम बुद्ध’ का लोकप्रिय वाणीहरुलाई सरल नेपाली भाषामा अनुवाद गरेर सबै नेपालीहरुसामु प्रस्तुत गर्न लागेका शेर्पा एक दार्शनिक पनि हुन् ।

नेपालको सन्दर्भमा भन्नुपर्दा हिन्दु मनाउने जनसंख्या बढि भएपनि यहाँ बौद्ध धर्मलाई पनि विशेष महत्वका साथ हेर्ने गरिन्छ । यस कारणले पनि होकी, यहाँ, भगवान् गौतम बुद्धको जन्म भएको छ ।

करिब ५६३ बिसीतिर भगवान् गौतम बुद्धको जन्म भएपछि नेपालमा बौद्ध धर्मको उदय भएको इतिहाँसहरुमा यदाकदा हामी अझैसम्म देख्न सक्छौं ।

नेपालको सनातन रीति रिवाजहरुलाई बचाईराख्नका लागि पनि यस्ता धर्महरुको केही हदसम्म प्रचार गर्न आवश्यक देखिन्छ । कुन मानेमा भने भोलीका पुस्ताका लागि भनेर पनि धर्म प्रचार–प्रसार गर्न केही हद सम्म चाहिँ ठिकै हो भन्ने हामी सोच्नुपर्छ ।

तर, देशैभर तहल्का मच्चाउने अनि धर्मको कुनै खराव सन्देश दिने गरि चाहिँ होईन । किनकी हामी कानूनलाई पनि मान्नुपर्छ, नेपालमा वि. स. २०६३ पछि धर्म निरपेक्ष भएको छ ।

१०० ठेलीमध्येबाट १६ ठेलीलाई नेपालीमा अनुवाद गर्दै गर्दा कुन उद्देश्य राख्नुभएको छ, भन्ने प्रश्नको उत्तरमा शेर्पा भन्छन्,

“नेपालको सन्दर्भमा अहिले विदेशिने युवाहरुको संख्या धेरै बढेको छ । त्रिपिटकमा बुद्धले यस्तो पनि मन्त्र दिनुभएको छ, जसले ब्यक्तिको जीवनमै आमुल परिवर्तन गर्न सक्छ । विशेषः गरि उनीहरुलाई पनि टार्गेट गर्दै, त्यसैगरि त्रिपिटकमा भएको कुराहरुलाई एक साधारण ब्यक्तिले पनि यसलाई सजिलै पढ्न र बुझ्न सकोस् भन्नको खातिर पनि हामीले यसलाई अनुवाद गर्न लागेको हौं ।”

१०० ठेलीको त्रिपिटक भित्रका १६ ठेलीलाई नेपालीमा अनुवाद गर्नको लागि ४ वर्षे गुरु योजना बनाएको पनि शेर्पाको भनाई छ ।
‘यसभित्रमा पनि हामीले १ वर्षलाई चाहिँ गुजारिसकेका छौं । यस अवधिभित्र हामीले करिब २७ प्रतिशत काम भने फत्ते पारिसकेका छौं ।’ उनी भन्छन् ।

अनि यस योजना भित्रमा आर्थिक पाटोलाई चाहिँ कसरी म्यानेज गरिरहनु भएको छ ? भन्ने प्रश्नमा अध्यक्ष शेर्पाको भनाई छ । “यसका लागि हामीले विभिन्न संस्थाबाट पनि ठुलो परिमाणमा सहयोग पाएका छौं । चाहे त्यो आर्थिक वा भौतिक नै पनि किन नहोस् ? हामीले सहयोग पाई नै राखेका छौं ।”

उनीअझै थप्छन्, “हामीले सरकारबाट पनि पोजिटिभ रेस्पोन्स पाएका छौं । सरकार पक्षले भनेको छ, यसका लागि हामी पोजिटिभ छौं । यो राम्रो कामको सुरुवात गर्नुभएको छ । जस्तो भएपनि हामीलाई सरकार पक्षबाट पनि राम्रो सहयोगको आशामा छौं ।”

शिक्षण पेशाबाट पनि टाढा नरहेका शेर्पा भन्छन् ।

“विशेषतः नेपाली युवाहरुलाई प्रेरित गर्नकै लागि भएपनि हामीले यसलाई अनुवाद गर्न लागेका हौं । किनकी यसभित्र त्यस्ता कुराहरु छ, जसले एक ब्यक्तिको सिङ्गो जीवनलाई सु–मार्गमा आउनको लागि पनि सहयोग गर्न सक्छ ।”

यो सहारनीय कामको सुरुवात गर्ने ब्यक्ति टिका शेर्पा साँच्चै एक फिलोसफलर हुन् । जसले भगवना् गौतम बुद्धका महावाणीहरुलाई नजिकबाट नियालेका छन् ।

भिडियो हेर्नुहोस्–

नेपालीहरुको पहिचान अनि अस्थित्वसँग जोडिएको यि अनि यस्तो खालको कुराहरुलाई पछिसम्मको लागि बचाईराख्नको लागि टिका शेर्पामात्रै लागेर पनि हुँदैन ।

यसमा हामी सबैको सहभागिता चाहिन्छ । त्यो हाम्रो पनि जिम्मेवारी हो ।

यो महान् कार्यमा सहभागि बनौं ।

अन्त्यमा !

नेपाल एक धर्म निरपेक्ष राष्ट्र हो । यो सबैलाई थाहा छ ।

कसैले कसैलाई बलपूर्वक धर्म परिवर्तन गर्न अनि गराउन मिल्दैन ।

वि. स. २०७३ जेष्ठ ०४ मा धर्म निरपेक्ष घोषणा भईसकेपछि भने यहाँ सबै कुनै ब्यक्तिले कुनै पनि धर्म मनाउन सक्छ ।
धर्म भनेको एक सकारात्मक कर्मको संकेत हो ।

आफुलाई मन पर्ने धर्म मनाउनुहोस्, सभ्य मानिसको परिचय दिनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्