
०३ माघ २०७५, वीरगंज
नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञबारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एवं वीरगन्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएको बताए ।
उनले यज्ञद्वारा प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधीको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले सञ्चालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुनुको साथै यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने जानकारी गराए ।

यज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नेछिन् । राष्ट्रपतिबाट मौखिकरुपमा अनुमति पाइसकेको छ मेयर सरावगीले भने ४-५ दिनभित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उद्घाटन गर्नेछिन् ।
२ करोडभन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगंजको आर्दशनगरस्थित आर्दशनगर रंगशालामा भूमी पुजन हुने भएको छ ।
यज्ञमा सहभागी हुने ५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकद्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निःशुल्क संस्कार हुने उनले बताए ।
महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निःशुल्क हुनेछ । यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए ।
२४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यतासमेत रहेको उनले बताए ।





