रिद्धिसिद्धि सिमेन्ट बजारमा आउँदै



०२ माघ २०७५, काठमाडौं

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा हेटौडाबाट रिद्धिसिद्धि सिमेन्ट बजारमा आउन लागेको छ ।

उत्पादनको पूर्व सन्ध्यामा रिद्धिसिद्धिले विक्रेतासँग विभिन्न स्थानमा अन्तरक्रिया समेत सम्पन्न गरिसकेको छ । त्यस्ता कार्यक्रममा शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले आफ्नो उत्पादनले गुणस्तरीयता कायम गर्ने बताउँदै आएका छन् । युरोपियन अत्याधुनिक प्रदुषण रहित रोबोटीक टेक्नोलोजिले गर्दा गुणस्तर उत्पादन हुने लेजर सिल प्रविधिले सामान्य बोरा भन्दा कम चुहावट हुनुका साथै वातावरणमैत्री समेत हुने उनको दावी रहेको छ ।

त्यस्तै शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपालले रिद्धिसिद्धि सिमेन्टको बारेमा जानकारी दिदै छिट्टै बजारमा आउने बताएका छन् ।

विगत लामो समय बहुराष्ट्रिय कम्पनीको नेतृत्वमा रही उत्पादीत बस्तुको बजारीकरणमा निकै सफल मानिएका रिद्धिसिद्धि सिमेन्टका जनरल म्यानेजर मुकुन्द घिमिरेले आफ्नो उत्पादन उपभोक्तामुखी हुने दावी गर्दै निर्धक्कले बिक्री गर्न बिक्रेतालाई सुझाएका थिए।

त्यस्तै कार्यक्रममा ब्राण्डिङ एवं प्रोमोसनको भावी योजना बारे कम्पनीका ब्रान्ड प्रमुख अनुज महतले चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्