१० सेकेन्डमै दाँत सफा गर्ने विद्युतीय टूथब्रश



फ्रान्सेली कम्पनी फास्टिशले नयाँ विद्युतीय टूथब्रश प्रस्तुत गरेको छ । यो टूथब्रशले १० सेकन्डमै पूरै दाँत सफा गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो स्मार्ट टूथब्रशलाई दाँतमा फिट गर्न सकिन्छ अनि बटन थिचेर मात्रै पनि दाँत सफा गर्न मिल्छ । यो टूथब्रश भाइब्रेट हुन्छ र दाँत सफा गरिदिन्छ ।

वाई आकारको टूथब्रशमा ससाना नाइलनका ब्रिसलहरू छन् । यसको विशेष कुरा भनेको यसलाई दाँतमा फिट हुने किसिमले बनाइएको छ ।

टूथब्रशमा मञ्जन लगाएर पाँच सेकेन्ड तल्लो दाँत अर्को पाँच सेकेन्ड माथिल्लो दाँतमा फिट गर्नुपर्छ । अनि पावर बटन थिच्नेबित्तिकै यो थतर्किन थाल्छ र दाँत सफा गरिदिन्छ ।

सामान्यतया दन्तचिकित्सकहरूले दिनमा कम्तीमा दुई मिनेट दाँत माझ्ने सल्लाह दिन्छन् । तर कम्पनीले विद्युतीय टूथब्रशबाट १० सेकेन्डमा दाँत सफा गर्ने अनि १५ प्रतिशत बढी कीटाणु हटाउने दाबी गरेको छ ।

यो स्मार्ट टूथब्रशको मूल्य १२५ डलर अर्थात् लगभग १५ हजार रुपैयाँ छ । यसै वर्षको अप्रिल महिनादेखि यसको बिक्री शुरू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्