भाषणमा भन्दा विकासमा रमाउने काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य (फाटो फिचर)



०२ भदौ २०७५, काठमाडौं

वर्षाको हिलाम्य सडकमा चिप्लिएर गरल्याम्म सडक विचमा पल्टिएका लुगा र अनुहार नै नचिनिने स्कुटर वा मोटरसाईकलका चालक हुन् या सडक छेउमा व्यापार गरी जीविकोपार्जन गर्ने दिदीलाई हुईकिदै आएको गाडीले हिलो उछिट्याएर अनुहार समेत छोपिएकी दिदीको फोटो नै किन नहोस । कलेज पढ्ने तन्नेरीहरू सामाजिक संजालमा पोस्ट्याएर प्रधानमन्त्री र नगरप्रमुखलाई गाली गर्नु उनीहरुको दैनिकी सम्झन्थे ।

सरकार फेरिएसँगै शहरिया तन्नेरीको सोचाई पनि फेरियो । सडकमा खाल्डाखुल्डी देख्ने वितिक्कै कागजका जहाज बनाई फोटो खिचेर सामाजिक संजालमा रङ्गयाउन थाले–ओलीको पानी जहाज काठमाडौंको सडकमा भन्दै ।

अझ कतिपय समयमा आफ्नै कलेजका केटा साथीको बाईकले जानी–जानी धमिलो पानीले भिजेका केटी साथीहरुको कथा नै किन नहोस् । गतवर्षसम्म दिनदिनै अझ छिनछिनै – नयाँनयाँ स्टोरीहरु हुन्थे तन्नेरीहरुलाई सामाजिक संजालका लागि । लडेकोलाई उठाउनु, भिजेकोलाई बचाउनु उनीहरु आफ्नो दायित्व ठान्दैनथे । किनभने न टिभिमा, न पत्रिकामा न स्कूलमा त्यो बारे बुझेँ । न कसैले बुझाएँ ।

चीन सरकारको सहयोगमा निर्मित रिङ्गरोडको सडक

सरकार फेरिएसँगै शहरिया तन्नेरीको सोचाई पनि फेरियो । सडकमा खाल्डाखुल्डी देख्ने वितिक्कै कागजका जहाज बनाई फोटो खिचेर सामाजिक संजालमा रङ्गयाउन थाले–ओलीको पानी जहाज काठमाडौंको सडकमा भन्दै ।

अहिले सुन्दैछु, सामाजिक मुद्दामा जोडिएका तन्नेरी पार्टीहरु काठमाडौंमा हिलो र धुलोपूर्ण रुपमा नसकिंदै फुटे रे ! सकिने भए रे !

पढेका तन्नेरीले बुझिहालें मतदाता नामावलीमा नाम हुने जो सुकै नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने अधिकारको कुरा । अधिकारवादी आन्दोलनको मलजलमा हुर्किएका सरकार विरुद्ध बोल्ने, लेख्ने क्षमता सहितका प्रविधिमैत्री तन्नेरीहरू स्थानीय निर्वाचनमा देश विगार्ने जति सबैको जिम्मा ओलीलाई थुपारेर चुनावी मैदानमा उठे ।

एउटा पोष्टमा हजारौँ लाईक र कमेन्ट आएको अनुभव अनि यू–ट्युवमा गरेका आफ्नै भाषणमा पाएका लाखौँ दर्शक श्रोताको हिसाब किताब पछि उनीहरु राजनीतिमा निस्किए ।

विशालनगर फिनिस दुतावास नजिकैको चोक सडक

हिलोमान्डु–धुलोमाण्डु चाहिदैन । पुरानो पार्टी छोडौँ नयाँ पार्टी रोजौं । धुलो, हिलो, पुरानो सबै बाईवाई–भोट हालौँ तराजुलाई ! राजनीतिक पार्टी, नेताहरु र राजनीतिक अस्थिरताले धेरै मतदातालाई नयाँ विचार प्रति आशा जगायो । त्यसैले त ठूला पार्टीहरुलाई समेत टक्कर दिए–नयाँ पार्टीका तन्नेरी उम्मेद्वारले ।

विद्यासुन्दर ! मलाई आज एकाविहानै तिम्रो नेतृत्वको पुरै शहर घुम्न मन लाग्यो । सहयात्री मेघराज सहित म ३ घण्टाको मोटर साईकल यात्रामा चक्रपथलाई फन्को मार्ने मात्र होईन । भित्रि बाटाहरु पनि घुमे । एकाधलाई छोडेर शहरमा, खाल्टो, हिलो र धुलो खासै भेटेनौँ ।

अहिले सुन्दैछु, सामाजिक मुद्दामा जोडिएका तन्नेरी पार्टीहरु काठमाडौंमा हिलो र धुलोपूर्ण रुपमा नसकिंदै फुटे रे ! सकिने भए रे !

कम बोल्ने कला भएका सुन्दर विद्यासुन्दर !|
फेसबुकमा साथी भएपनि विद्यासुन्दरले व्यक्तिगत रुपमा मलाई चिन्दैनन् । चुनावको बेला काठमाडौं–६ बाट उनलाई जिताउन लागेको भएपनि त्यसयता न बधाई न भेटघाट । दुवै आ–आफ्नो काममा । २ पटक स्थानीय निर्वाचनमा निर्वाचित भईसकेको मान्छे किन धेरै नबोल्ने होला, कहिले काही भनौँ कि भन्ने लाग्थ्यो । एकजना साथीले पहिले तँ नेवारीमा भाषण गर अनि विद्यालाई सुझाव दे भन्यो ! आफ्नो भाषण गर्ने औकात नभएपछि म निःशब्द भएँ । सुनेको छु, एकजना पत्रकार मित्रले एउटा प्रसङ्गमा लिएको अन्तरवार्ता प्रविधिको प्रयोगले लाजमर्दो बनाईदिएपछि पत्रकार भनेपछि उनी ५ हात सर्छन रे !

२ पटक पहिल्यै चुनाव जितेको शिक्षित नेतालाई धेरै बोल्दा चिप्लिने अनुभव आफ्नै पार्टीका शेरबहादुर तामाङ र  केशव स्थापितबाट सिके होला भन्ने लाग्यो । त्यसैले सञ्चार जगतलाई वेवास्ता गर्नु लोकतन्त्रको कुरुपता भन्न समेत मन लागेन ।

महेन्द्र शालिक अगाडिको जमल सडक

यद्धपी नबोलेरै विवादमुक्त भने भएनन्–उनीपनि ।  गाडीमा जोडेको साईरन होस् वा विदेश भ्रमणको कारण होस् । त्यतिले नपुगेर तन्नेरीले रानीपोखरीमा फुटबल खेलेर भएपनि आलोचना गरिरहेका छन् । रानीपोखरी नबन्नुमा उनको कमजोरी छ वा नीतिको ।  पुरातत्व जिम्मेवार छ वा संस्कृति मन्त्रालय  ! त्यो खोजीको विषय बन्न सक्छ ।

विद्यासुन्दर ! मलाई आज एकाविहानै तिम्रो नेतृत्वको पुरै शहर घुम्न मन लाग्यो । सहयात्री मेघराज सहित म ३ घण्टाको मोटर साईकल यात्रामा चक्रपथलाई फन्को मार्ने मात्र होईन । भित्रि बाटाहरु पनि घुमे । एकाधलाई छोडेर शहरमा, खाल्टो, हिलो र धुलो खासै भेटेनौँ ।

सधैँ धुलो र धुवाले नचिनिने सडक बाटोका ट्राफिकहरू विना मास्क रोडमा खटिरहेका देखिन्थे । सडकका भित्रि बाटाहरु मात्र हैन । करिडोरका बाटाहरु समेत राम्ररी बनेका र बन्दै गरेका प्रष्ट देखिन्थे । सोचे ! मेलम्चीको पानी काठमाडौं भित्रिए सँगै विदेशीलाई देखाउन धुईने राजधानीका सडक सधैंभरी धुलो रहित हुनेछन् ।  हिलो रहित हुनेछन् । देशका नागरिक र विदेशी पर्यटकलाई गर्ने राज्यको नीति पनि समान हुनेछ ।

सुन्दर र हरौँहेरौँ लाग्ने मनमोहक चिल्ला सडकहरुले मुलुककै राजधानीको गरिमा बढाई रहेका थिए । चिल्ला र सुन्दर सडकमा सहयात्री मेघराजले सयौँ फोटाहरु खिचे । रिङ्ग रोड भित्रका प्रायः सडक चिल्ला थिए । गल्लीहरु विहानको घामसँगै टल्किएका देखिन्थे ।

चीन र जापान सरकारले बनाएका सडक मात्र होईन । तिम्रै सरकारले बनाएका हजारौं साना ठूला सडक र बाटाहरु समेत चिल्ला थिए । काला थिए । गत वर्ष बाईकमा म आफैँ चिप्लिएर लडेको विशालनगर उकालोको बाटो समेत विहानको घाम सँगै टल्किएको थियो । विशालनगर, अनामनगर, दरवारमार्ग मात्र होईन, रत्नपार्कमा समेत सडक यात्रीहरु बिना मास्क हिडिरहेका थिए । बस कुर्दै बसेका तन्नेरीहरू बिना मास्क बस स्टेशनमा मोबाईल चलाई रहेका देखिन्थे । सडक छेउमा व्यापार गर्नेहरु विना मास्क व्यापार गरिरहेका देखिन्थे । यी सबै घटनाले बदलिएको तिम्रो शहरको झल्को देखिएको थियो । देशको राजधानीको गौरव बढाईरहेको थियो ।

सुन्धारा सडक

हाम्रो यात्रामा प्रायः सडकहरु चिल्ला र मनमोहक देखिन्थे । केहि मर्मतको लागि काम भै रहेका देखिन्थे । म दिलबाट धन्यवाद दिन्छु – एक विहानमा पुरा काठमाडौं घुम्दा पनि म र मेरो सहयात्रीले लुगा नफेरी अफिस आउन अप्ठ्यारो भएन । गत वर्षसम्म १५ मिनेट गुड्दा कलर बदलिने मेरो ज्याकेट आज उस्तै थियो । मेरो पछि बसेको साथीले सिङ्गो शहरभरी मास्क प्रयोग गरेनन् । घरमा खाना खानु अघि उनले मुख धुन समेत जरुरी ठानेनन् । एक गिलास पानीको भरमा ३ घन्टे यात्रामा थकानको अनुभव नै भएन । किनभने तिम्रा शहरका खाल्डाहरू पुरिसकेछन् । सातदोबाटो, कोटेश्वर र बानेश्वर बाहेक अफिस समयमा पनि व्यस्त रोडमा गुड्ने हजारौँ गाडीहरु विना रोकावट गुडिरहेका थिए ।

सधैँ धुलो र धुवाले नचिनिने सडक बाटोका ट्राफिकहरू विना मास्क रोडमा खटिरहेका देखिन्थे । सडकका भित्रि बाटाहरु मात्र हैन । करिडोरका बाटाहरु समेत राम्ररी बनेका र बन्दै गरेका प्रष्ट देखिन्थे । सोचे ! मेलम्चीको पानी काठमाडौं भित्रिए सँगै विदेशीलाई देखाउन धुईने राजधानीका सडक सधैंभरी धुलो रहित हुनेछन् ।  हिलो रहित हुनेछन् । देशका नागरिक र विदेशी पर्यटकलाई गर्ने राज्यको नीति पनि समान हुनेछ ।

अन्त्यमा,
सफा र चिल्ला सडक समृद्धिका सूचक हुन तर प्रयोगकर्ता जिम्मेवार भएनन् भने त्यो दीगो बन्न सक्दैन । काट्न नमिल्ने ठाउँमा बाटो काट्ने यात्री हुन् वा सडक छेउमा कर्मचारीले बढारेर थुपारेको धुलो । त्यसले सुन्दर सडकलाई गिज्याई रहेको देखिन्थ्यो । ट्राफिक सम्बन्धि जनचेतना वा कडा जरिवाना गर्ने हो र सडक बढार्नेले नै उठाउने नियम बनाउने हो भने दुवै समस्या तत्काल समाधान हुने देखिन्थ्यो ।

कलंकीको अन्डरपास सडक

कालो र चिल्लो सडकमा टाँसिएर बनेका घरवालाले सडकमा फालेका फोहोरहरु प्रष्ट देखिन्थे । आफ्नो घरबाट निस्किएको धुलोलाई सडकमा फालेर घरलाई सुन्दर बनाउनु जिम्मेवार नागरिकले गर्ने काम होईन भन्ने बुझाउन सकिएमा त्यसमा पनि कमी आउने नै थियो । आधा सडक ओगटेर मर्मत गर्दै गरेका भित्रि बाटाका सवारी साधन मर्मत केन्द्र हुन वा व्यापारीले प्रयोग गरेका सडक हुन् । दुबैले सुन्दरतालाई धमिलो बनाएका देखिन्थे ।

आकाशेपुलको अभावमा बाटो काट्न बाध्य रिङ्ग रोडका बटुवाहरु मात्र हैन । हिड्नै नमिल्ने सडकमा लाज नमानी हिडिरहेका यात्रुहरु समेत प्रसस्त देखिन्थे । जेब्रा क्रस हुँदाहुँदै त्यसको वास्ता नगरी निषेधित बाटोमा हल्लिएर हिड्ने नागरिकहरु समेत थुप्रै भेटिए । हर्न निषेधित नगरमा कान फुट्ने गरी हर्न बजाउने गाडी र माईक्रो चालकको आतंक अझै रोकिएको देखिएन भने ट्रक र गाडीबाट निस्किने कालो धुवाँले कतै कतै सिङ्गो क्षेत्रलाई अन्धकार बनाएको समेत प्रष्ट देखिन्थ्यो ।

आफूले बनाएका बाटाहरु भन्दा अरुले अनुदानमा बनाएका बाटाहरु धेरै सुन्दर देखिन्थे । सरकारी स्रोत र साधन पाएसम्म जनताले खाने तर सरकारलाई तिर्ने कर चाहिँ तिर्न नपाए हुन्थ्यो भन्ने नगरवासीको मानसिकतामा परिवर्तन गराई सबैलाई कर तिराउन सक्ने हो भने तिमीले आफ्नो शहर मात्र होईन । नेपालका धेरै शहरहरु यसैगरी सुन्दर बनाउन सक्ने थियौँ । अर्को विहान मेरो देशको राजधानी घुम्दा मैले तिरेको करले बनेको चिल्लो बाटोमा हुईकिदा अझ बढी आनन्द हुन्थ्यो होला !

धुम्बाराही पिपलबोट नजिकको सडक
धुम्बाराही पिपलबोटबाट सुकेधारा निस्कने सडक
दरबारमार्गको सुन्दर सडक
रत्नपार्क नजिकको सडक
पर्यटन बोर्ड नजिक बिना मास्क सार्वजनिक बस कुर्दै सर्वसाधारण
त्रिपुरेश्वर सडक
कलंकी सडक छेउमा मास्क बिना ब्यापार गर्दै व्यवसायी
चीन सरकारको सहयोगमा निर्मित कलंकीको अन्डरपास
चीन सरकारको सहयोगमा निर्मित कलंकीको अन्डरपास
रिङ्गरोडमा जथाभावी बाटो काट्दै सर्वसाधारण
कलंकी अन्डरपास छेउमा जथाभावी बाटो काट्दै सर्वसाधारण
कलंकीबाट नागढुङ्गा जाने सडक
जथाभावी बाटो काट्दै सर्वसाधारण शहरिया तन्नेरी
बिदेशको झल्को दिने रिङ्गरोड
बिदेशको झल्को दिने रिङ्गरोड
एकान्तकुना नजिकै बिदेशको झल्को दिने रिङ्गरोड
ट्राफिक जामले घेरिएको कोटेश्वर सडक
बानेश्वर सडक
निर्माणधिन आर्क ब्रिज बानेश्वर
माईतिघर मण्डलाबाट देखिएको सुन्धारा निस्कने सडक
धोबीखोला करिडोरमा निर्माण सम्पन्न सडक बाटो
गौशालामा जेब्रा क्रसिङ्गबाट बाटो काट्दै सर्वसाधारण
गौशालाबाट चाबहिल आउने सडक
फेरिएको चाबहिल चोक
निर्माणाधिन चुच्चेपाटी सडक
निर्माणाधिन बौद्ध टुसाल सडक
निर्माणाधिन बौद्ध सडक

प्रतिक्रिया दिनुहोस्