उठ्न जरुरी हुनेछ त्यो दिन !!!



०२ माघ २०७५, काठमाडौं

तिन मुक्तकहरु

मुक्तक – १
सम्बन्धको निकै फराकिलो, दुरी हुनेछ त्यो दिन
सिमानामा बेतोडको, आँधी हुरी हुनेछ त्यो दिन
नालापानी युद्धको झझल्को दिलाउने गरि,
महिला केटाकेटी सबै उठ्न, जरुरी हुनेछ त्यो दिन

मुक्तक – २
छहारी बनेर मिठो फल, फल्न आउँदैछु म
अँध्यारो चिर्न दियो बनि, जल्न आउँदैछु म
जालझेल र षड्यन्त्रको पर्याय बनेको बेला,
राजनीतिको परिभाषा, बदल्न आउँदैछु म

मुक्तक – ३
पढेरै छोड्नेछु भन्ने, निचोडहरुको याद आउँछ
स्कुल पढ्दाका कठिन, मोडहरुको याद आउँछ
अगेनोको उज्यालोले लेख्नुपर्थ्यो पढ्नुपर्थ्यो,
बालेका ती मकैका, ढोडहरुको याद आउँछ

मुकुन्द कृष्ण थापा
खोटाङ
(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन्)

प्रतिक्रिया दिनुहोस्