
दुनियाँमा मानिसका फरक फरक रुचि पनि हुँने गर्दछन् ? त्यस्तै कसैलाई जिरो फिगर बनाउने त कतिलाई आफ्नो हिप बढाउने शौख ।
एक स्विडिस मोडेलको फिगर देख्दा तपाइँ अचम्मित पर्नु हुनेछ । आखिर यी मोडेलले के गर्न चाहन्छिन् ?
नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् ।

२५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउनका लागि धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।
५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् ।
अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् ।
आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवाट कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।





