जब एउटै अस्पतालका ७ जना नर्स एकैपटक सुत्केरी भए…



अमेरिकि इलिनोइसस्थित अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् ।

अमेरिकाको एउटै अस्पक्तालमा कामगर्ने सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् । सामाजिक सञ्जालमा अहिले यो समाचार निकै चर्चित बनेको छ । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।

आफूले लगायतको पोषाकको पछाडि उनीहरुले नम्बर समेत लेखेका छन् । उक्त नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ ।  बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ । दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए । सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए । करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए ।

उक्त अस्पतालले बच्चा सहितका नर्स आमाहरुको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्