निर्मला हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने : ज्योती मगर



२९ पुष २०७५, काठमाडौं

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिकार नभएको लोक गायिका ज्योती मगरले बताएकी छन् । चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन गायिका मगरले सन्धिखर्कमा आएको अवसर पारेर आफ्नो धारणा बताएकी हुन् ।

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन । ठूलाबडाले तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी छन् ।

ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो । उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मनोरञ्जन दिलाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्