
२९ पुस २०७५, काठमाडौं
काठमाडौं क्षेत्र नं ८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत कामपा वडा नं १३ पुरानो कालिमाटी रिङ्ग रोड पारी, प्रस्ताबीत सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण स्थलको निरीक्षण गरि स्थानीय जनसमुदायको भेलाबाट उपभोक्ता समिति गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रतीनिधि सभा सदस्य तथा स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमका संयोजक सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरतथा वडा सदस्य राम बाबू कोइरालाको उपस्थिति रहेको थियोे ।






