फिक्कल गाउँपालिकामा प्राइम बैंकको सेवा शुरु



२९ पुष २०७५, काठमाडौँ

प्राइम कमर्सियल बैैंक लिमिटेडले सिन्धुलीको फिक्कल गाउँपालिकामा सेवा सुचारु गरेको छ । फिक्कल गाउँपालिका वडा नं ४ खाङसाङमा प्राइम बैंकले आफ्नो ७२ औं शाखा बिस्तार गरेको हो ।

शाखाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले गाउँपालिकामा बैंकको सेवा शरु भएकोमा खुसि व्यक्त गर्दै गाउँपालिका वासीलाई बैकिङ कारोवारमा सहजता हुने बिश्वास ब्यक्त गरेका थिए ।

अध्यक्ष कार्कीले फिक्कलका ६ वटा वडालाई मात्र नभएर यस शाखाले ओखलढुंगा र उदयपुरलाई समेत सहजता पुग्ने बताएका थिए ।

भुकम्प पिडितहरूलाई अनुदान बितरणमा समेत आगामी दिनमा सहजता हुने भएको छ । यस अघि अनुदान रकम लिन सदरमुकाम तथा खुर्काेट पुग्नु पर्ने बाध्यता रहेको थियो । आवश्यक प्रक्रिया मिलाई गाउँपालिकाकै बैंकबाट अनुदान लिने ब्यवस्था मिलाउने गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताईन् ।

त्यसै गरि फिक्कल ५ वडाध्यक्ष राजु बरालले गाउँपालिकामा अहिले सम्म कुनै पनि बैंक तथा वित्तिय संस्था नहुदा गाउँपालिकामा धेरै समस्या रहेको बताए । बरालले आर्थिक कारोबारमा समेत गाउँपालीका वासीलाई समस्या रहेको र आउदा दिनमा संपूर्णलाई सहजता हुने विश्वास व्यक्त गरेका थिए ।

बैकका शाखा प्रमुख जनक श्रेष्ठले शाखाले आगामी दिनमा संपुर्ण सेवाग्राहिलाई सहज र सुरक्षित ढंगले सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्