‘पहाडी पोखरेल प्रतिबिम्ब २०७५’ स्मारिका लोकार्पण



२८ पुष २०७५, काठमाडौँ

पहाडी पोखरेल बन्धु समाज केन्द्रीय तदर्थ समिति काठमाडौँद्वारा प्रकाशित ‘पहाडी पोखरेल प्रतिबिम्ब २०७५’ स्मारिका लोकार्पण समारोह काठमाडौँमा सम्पन्न भएको छ ।

डा. ढुण्डीराज पहाडीको अध्यक्षतामा सम्पन्न स्मारिका लोकार्पण कार्यक्रममा सांसद गणेशाकुमार पहाडी, प्रा.डा. मधवप्रसाद पोखरेल, पोखरेल राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष निर्माण कुमार पोखरेल, सह अध्यक्ष डिल्लीराज पोखरेल, मालु पोखरेल बन्धु समाज दोलखाका अध्यक्ष ढुण्डीराज पोखरेल पोखरेल सेवा समिति सिस्नेरी ललितपुरका अध्यक्ष हरिहर पोखरेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद पहाडीले आजको दिनसम्म स्मारीका प्रकासनमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिंदै राष्ट्रिय एकता र सामाजिक सद्भाव काएम गर्ने उदेश्यका साथ पहाडी पोखरेल समाजलाई अगाडी बढाईएको बताएका थिए ।

स्मारिका लोकार्पण कार्यक्रममा हाम्रो उत्पती कसरी भयो ? यो वंशलाई कहा लगेर जोड्ने ? लगायतका विभिन्न कार्य गर्न समाजले वंशवली निर्माणगर्नुपर्ने बताईएको थियो । पहाडी पोखरेल प्रतिष्ठानहरु मिलेर बन्धुसमाजलाई केन्द्रिकृत रुपमा राष्ट्रिय माहासंघको रुपमा गठन समेत गर्ने लक्ष्य लिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्