राष्ट्रनिर्माता पृथ्वी हामीसामु सधैं सधैं ! न हराए, न हराउने छन्,



२७ पौष २०७५, काठमाडौं

नेपाल देश, यस्तो एक देश हो । जुन, सानो छ तर, शान्त छ ।

अनि यो सानो शान्त र सुन्दर नेपालकोे नेपाल आमाले हजारौं सुपुत्रहरुलाई जन्म दिएकी छिन् । ति सुपुत्रहरुमध्येको एक सुपुत्र हुन्, नेपाल राष्ट्रनिर्माता पृथ्वी नारायण शाह !

जसलाई हामी अझै आधुनिक नेपाल निर्माताको संज्ञा दिने गछौं ।

नेपालीहरुको बहादुरतालाई देखाउँदै उनले ‘नेपाल सानो भएपनि यहाँ जन्मेका नेपालीहरु सधैं बहादुरी हुन्छन्, भन्ने शन्देश दिएका थिए । वि. स. १७७९ साल पौष २७ गते जन्मेका उनी साँच्चीनै नेपालका लागि एक सच्चा देशभक्ति बने ।

वाल्यकालदेखि नै शुरवीर, तेजवीर, बुद्धिमान तथा मेहनेती स्वभावका उनी पछि गएर नेपाललाई एक ढिक्का बनाउन सके । यहिँ झल्किन्छ, नेपालीहरुको बहादुरता ।

यत्तिसम्मकी नेपालीहरुको शत्रु पक्षले समेत तारिफ गर्थे । आजभन्दा करिब ढाई वर्ष अगाडी नेपाल अहिले जस्तो छ त्यस्तो खालको थिएन । यहाँ विभिन्न राज्यहरु छुटाईएका थिए । यहिँ राज्यहरुलाई एक ढिक्का बनाउनमा ठुलो योगदान पुर्याएका उनी अझैसम्म नेपालीहरुको ढुकढुकीमा रहिरहेका छन् ।

त्यो बेला नेपालमा भएको बाईसे तथा चौबिसे राज्यहरुमा विभाजित नेपाल पछि पृथ्वी नारायण नारायाण शाहले नै यसलाई एकीकरणको काम उनीबाटै भयो ।

नेपालमा वि. स. २००७ सम्म विद्यमान रहेको राणा शाषण, त्यस बेलामा के थियो ? त्यसबारे खासै यस खालको कुराहरुले प्राथमिकता पाउँदैनथे । तर, जब प्रजातन्त्र उदायो, त्यसपछि भने, नेपालमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मोत्सव मनाउन थालियो ।

अझैसम्म पनि नेपालमा उनको जन्मोत्सवको दिन विभिन्न कार्यक्रम गरि भरपुर मनाईन्छ । नेपालको इतिहाँसमा विभिन्न हैसियत र क्षमताका हाम्रा पूर्खाहरु जन्मेका थिए । यत्तिसम्म की, जसको तारिफ शत्रुहरुले समेत गर्थे ।

पृथ्वीले वाईसे र चौबिसे राष्ट्रलाईमात्र पनि एकीकरण गरेनन् । उनले विभिन्न स्थानहरुलाई नेपालमा गाभ्नको लागि रगत, पसिनाको योगदान गर्ने काम गरे ।

वि.स. १७९९ मा बुबा नरभूपाल शाहको मृत्यु भएपछि २० वर्षको उमेरमा गोर्खाका राजा भएका उनले त्यसभन्दा अगाडी नै विभिन्न ठाँउहरुको भाषा, संस्कृति तथा रहनसहनबारे राम्रो ज्ञान पाएका थिए ।

उनले बुबा नरभूपाल शाहको सपना साकार पार्न वि.स. १८०० मा नुवाकोट आक्रमण गरे । त्यसपछि भने उनले एक पछि अर्को गर्दै नेपाललाई पुर्व–पश्चिम तथा उत्तर–दक्षिण जोड्न सफल भए ।

एक पछि अर्को कामहरु गर्दै जाने काममा उनले तनहँ, किर्तिपुर, मकवानपुर, गोर्खा तथा भक्तपुर गरि आक्रमण गर्दै अगाडी बढिरहे ।
आफ्ना पालामा छरिएर रहेका ५४ राज्यहरुमध्ये धेरै राज्यहरु उनले नै एकीकरण गरेका थिए ।

वि. स. १८३१ सालतिर मंसिरमा जाडो छल्न नुवाकोट गएर पृथ्वी नारायण शाह नुवाकोट दरबारमै विरामी भए । उनको शरीर दिनानुदिन जटिल बन्दै गएको थियो । त्यसपछि उनको इच्छा अनुसार नै देविघाट लगियो ।

जहाँ उनले ‘दिव्य उपदेश’ समेत दिएका थिए । ९ दिनसम्म उनी त्यहिँ रही माघ १ गते उनको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्