
२४ पुस २०७५, विराटनगर
विराटनगर ५ की सुनिताकुमारी ठाकुर दोश्रो सन्तानकी आमा हुन । पहिलो सन्तान छोरी रहेकी उनको दोश्रो सन्तानपनि छोरी छिन् ।
विराटनगर महानगरपालिकाले सोमबार उनको दोश्रो सन्तान छोरीको नाममा २५ हजार रुपैया बैंकमा फिक्स डिपोजिट गरिदिएको छ ।
महानगरले सञ्चालन गरेको छोरी बचाउन र पढाउन अभियान स्वरुप उनको छोरीको पढाईका लागि ग्लोवल आईएमी बैंकमा ठाकुरकी दोश्रो सन्तान छोरीको नाममा पैसा वचत गरिदिएको हो ।
आमा सुनिताकुमारी संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बंैकमा वचत गरिदिएको पैसा छोरीको पठाईमा खर्च गर्न पाउने महानगरले जनाएको छ ।
उनीजस्तै महानगरले दोश्रो सन्तान छोरी भएका नगरका अन्य ३ आमा संरक्षक रहने गरी दोश्रो सन्तान छोरीहरुको नाममा २५ हजार रुपैया बैंकमा वचत राखिदिएको छ ।
विराटनगर महानगरपालिकाको उपप्रमुख योजना अन्तर्गत नगर भित्रका पहिलो सन्तान पनि छोरी र दोश्रो सन्तान पनि छोरी भएमा छोरी पढाउ अभियान स्वरुप दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि महानगरले उनीहरुको नाममा बैंकमा २५ हजार रुपैंया वचत गरिदिने कार्यक्रम यसै आर्थिक बर्षबाट महानगरले समावेश गरेको हो ।
महानगरले अघिल्लो आर्थिक बर्ष छोरी बचाउन अभियान चलाएकोमा यसैबर्षदेखि छोरी पढाउ अभियानपनि थप गरेको हो ।
महानगरमा छोरी बचाउन अभियानलाई भने निरन्तरता दिदैं आएको छ । यो बर्षपनि महानगरले सोमवार कार्यक्रम गरी निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई पनि नगद तीन हजार सहित सम्मान गरेको थियो ।
छोरी बचाउन अभियान अन्तर्गत दम्पतीलाई महानगरले नगदसहित सम्मान गरेको हो ।
महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुती गराउने आमाहरुलाई छोरी बचाउन अभियान रुपरुप महानगरले त्यस्ता दम्पतीलाई प्रोत्साहन गर्ने अभियान ल्याएको थियो ।
महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगर भित्र अभियान ल्याएको हो ।
महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमिति गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जन्माउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउन अभियान मार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको हो ।
जसका लागि त्यस्ता दम्पतीलाई निवेदन दिन महानगरले आग्रह गर्ने गरेको छ । सोही अनुरुप महानगरमा परेको निवेदनमा दम्पतीलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेको हो ।
कार्यक्रममा मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउन अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले महानगरको यो अभियानलले समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा केही भएपनि परिर्वतन ल्याउन सकिनेमा आशावादी रहेको भनाइ थियो ।
गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरले दिएको निश्चत मापदण्ड पूरा गरेका २ सय सम्पतीलाई छोरी बचाऔं अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।





