‘मैले स्यार्छु भनेकी भाउजु रविको पूर्वपत्नी होइनन् मिना ढकाल हुन’ : दिल निशानी मगर



२३ पुस २०७५, काठमाडौं

गत हप्तामात्रै आफ्नो २४ बर्षे बैवाहिक जीवनलाई पूर्ण विराम लगाएका रवि लामिछाने अहिले सामाजिक संजालमा निकै छाईरहेका छन् ।

पूर्वपत्नी इशा डिभोर्सपछि अमेरिका फर्किसकेकी छिन् भने यता रविका बारेमा सामाजिक संजालमा अनेक कुराहरु आउन थालेका छन् । रवि आफैँ पनि आफ्नो डिभोर्स भएपछि दुखी भएर फेसबुकमा विभिन्न स्टाटस हालिरहेका समयमा पत्रकार दिल निशानी मगरले रविको व्यङ्ग गर्दै फेसबुकमा ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु।’ भनी बिवादास्पद स्टाटस लेखेका थिए ।

विवादास्पद स्टाट्स पोष्ट गरेपश्चात रविका समर्थकहरुले दिल निशानीलाई सामाजिक संजाल फेसबुकमा तथानाम गाली गरेका थिए भने आज उनै मगरले फेरी मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जि लाई पो हो। उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए। भनी नयाँ पोष्ट गरेका छन् ।

पत्रकार मगरले फेसबुकमा पोष्ट गरेको विवादास्पद स्टाट्स

प्रतिक्रिया दिनुहोस्