अब जनतासँग सिधा कुरा त श्रीमतीहरुसँग सिधा कुरा हुन्छ होला ? : डा. एलिया अर्याल



२३ पुस २०७५, काठमाडौं

गत हप्ता मात्रै आफ्नो २४ बर्षे बैवाहिक जीवन टुङ्ग्याएका रवि लामिछाने त्यसपश्चात सामाजिक संजालमा निकै छाईरहेका छन् ।

कहिले उनी आफ्नाबारे स्पष्टीकरण दिदै फेसबुक मार्फत पोष्ट गर्ने गर्छन त कहिले उनकी पूर्वपत्नी ईशाले पनि आफ्नो बचाउ गर्दै फेसबुकमै स्पष्टीकरण दिईरहेका छन् । यस्तैमा उनीहरुका फेसबुक स्टाट्स अहिले ब्रेकिङ्ग न्यूज समेत बनिरहेका छन् ।

अहिले सामाजिक संजालमा रविका समर्थक र विपक्षीविच निकै वादविवाद चलिरहेको छ । यस अघि रविका बारेमा पत्रकार दिल निशानी मगर र सामाजिक संजालमा बिवादित शब्दको प्रहार गर्ने व्यक्ति मुकुन्द घिमिरेले रविलाई विभिन्न शब्दका वाण चलाउने प्रयास गरेका छन् ।


यस्तैमा अमेरिकाको लस एन्जलसमा रहेकी लोकप्रिय डा. एलिया अर्यालले पनि  ट्वीटरमा उनलाई ब्यङ्ग गर्दै लेखेकी छिन् ‘उता पल्ला गाउको पधेरामा यस्तो सम्म हल्ला चलेछ हैट हजुमानहरु सग नसकिने भो अब अझै दुई चार जना बेड पार्टनर चर्चित हिरोइनहरु प्नि मिडियामा आए भने जनतासँग सिधा कुरा त श्रीमतीहरुसँग सिधा कुरा हुन्छ होला ?

प्रतिक्रिया दिनुहोस्